नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 669 · वि.सं. २०२९

नि.नं. 669 — ...

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रीतपूर्वकको उजूरी नै नभएको कारवाईबाट हक बेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउने भन्नेतर्फ विचारै गर्नुनपर्ने । यस्तै अरु अरु कुनै मुद्दामा माल गोश्वाराले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने मुद्दा हेरे छिनेको बदर गरी जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी अदालतमा पठाइदिने डिभिजन बेञ्चबाट निर्णय भइराखेको र यो मुद्दामा भने माल गोश्वाराले हेरे छिनेको सम्म बदर गरी यसै मुद्दाबाट निर्णय गरी दिन अदालतमा पठाउने कुरा केही नबोलिएकोले एकैरुप भएन माल गोश्वाराले हेरे छिनेको बदर भएमा अरु सरह यस मुद्दामा पनि यसै मुद्दाबाट जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी सम्बन्धित जिल्ला अदालतमा पठाइनुपर्छ भन्ने जिकिरका हकमा पहिले नै निवेदक आफैले जिरायतको खोजी गरी मेरो जिरायत कायम गरिपाउँ भन्नेतर्फ कानूनबमोजिम रीतपूर्वक उजूर गरेको नभई आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असूल गर्न आफ्नो भोगमा रहेको जग्गाको लगत दिन आउनु भनी रौतहट मालले २ पटक सूचना जारी गरेपछि मात्र उक्त मालमा गई जग्गाको फाँटवारी खुलाई दरखास्त दिँदा मेरो जमिदारी तालुक रहेको जिरायत जग्गा विगाहा ३२द्र१।४ मध्ये विगाहा २८द्र३ रामदेव सिंह राजपुतसमेतले के व्यहोराले आफ्नो नाममा दर्ता गरेको र भोग गरेको छ अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरिपाउँ भनी उल्लेख गरेकोसम्म देखिएको त्यस्तो जग्गाको कर तिर्ने सम्बन्धमा जग्गाको फाँट दिँदा उल्लेख गरेकोसम्म कुरालाई कानूनबमोजिमको रीतपूर्वकको उजूरी मान्न नमिल्ने हुनाले रीतपूर्वकको उजूरी नै नभएको यस्तो कारवाईबाट हकबेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउनेतर्फ कुनै विचार गरिरहनु परेन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.669
मुद्दाको विषय...
निर्णय वर्ष / मिति2029/01/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 669
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्