नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6688 · वि.सं. २०५६

नि.नं. 6688 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन अदालतले पुनरादेदक प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्रसाथ पेश गरेको नभई पुनरावेदन अदालतमा आई तिलक बहादुर बढाथापाले मिति २०२३।७।२१ मा गराई लिएको घरायसी राजिनामाको लिखतलाई अ.वं ७७ नं. ले प्रमाणमा ग्रहण गर्न नमिल्नेमा त्यस्तो लिखतलाई प्रमाणमा ग्रहण गरि सोहि लिखतको आधारमा निर्णय गरेको देखियो । साथै सो लिखत परीक्षण गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएकोमा उक्त लिखतमा लागेको ल्याप्चेका केही भागहरु ड्याप भई अन्य रेखाहरु पनि प्रस्ट नभएको हुनाले नमुना ल्याप्चेसंग तुलना गरी एक आपसमा मिल्छ वा मिल्दैन भनि एकीन गर्न नसकिएको भनि परिक्षण समेत हुन नसकेको स्थितिमा यस्तो लिखतलाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन । वादी दावाको मो.नं. ३ ख. नं. ६४ को चोरखेत मुरी २ जग्गा कुन्छा भण्डारी मर्दा गाने भण्डारीका नाउँमा दा.खा. नामसारी दर्ता भएको र सिंग बहादुर लोकवहादुर भण्डारीका नाउँमा मिति २०३५।८।३० मा नामसारी दर्ता भएको भन्ने माल कार्यालय जुम्लाको मिति २०४८।८।४ च.नं. ३९२ को पत्रबाट देखिन आउँछ भने प्रतिवादी कृष्ण बहादुर वुढाथापाले सो जग्गा आफ्नो नाममा कसरी प्राप्त हुन आएको हो । सो हकको श्रोत खुलाउन नसकेको र अन्य प्रमाणबाट समर्थित नभएको स्थितिमा सुरथ बहादुरले भु.सु. ७ नं. फारम भरेकै भरमा मात्रै सो जग्गामा निजको हकाधिकार कायम रहेको भन्न नमिल्ने। (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6688
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2055/12/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6688
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्