नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6684 · वि.सं. २०५६

नि.नं. 6684 — कुत दिलाई मोही निष्कासन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनद्धारा जग्गाधनीलाई तोकिएको कर्तव्य जग्गाधनीको पुरा नगरी जग्गाधनी स्वयंमले नै मोही निषकासनको दावी लिई गरेको नालेशमा मोहीद्धारा भूमि सम्बन्धी ऐनको दफा ३५ बमोजिम यथार्थ व्यहोरा उल्लेख गरी मौकामा नै दिएको सूचनालाई नै आधार बनाई लिएको प्राकृतिक प्रतिकुलताको जिकिर सम्बन्धमा पुनरावेदन अदालत जस्तो न्यायिक निकायबाट समेत वुझेको देखिदैन । मोहीले रीतपुर्वकको सूचना दिएपछि जग्गाधनीले गर्नुपर्ने कानूनद्धारा निर्दिष्ट प्रकृयाको पालना जग्गाधनीबाट हुनुपर्नेमा, जग्गा धनी त्यस्तो प्रकृया पूरा गर्ने तर्फ नगई कुत नबुझाएको भनी मोही निष्कासनको दावी लिन पुगेको र त्यस्तो सूचनामा उल्लेख भएको प्राकृतिक र प्रतिकुलताको स्थिति विद्यमान भए नभएको भन्ने तर्फ सम्बन्धित भु.सु का. बाट जाँचवुझ समेत नभएको हुँदा मोहीले सूचनाका उल्लेख गरेको प्राकृतिक प्रतिकुलताको अवस्था खण्डन हुने कुनै तथ्य वा तार्किक आधार भूमि सुधार अधिकारीको निर्णय र पुनरावेदन अदालत जनकपुरको निर्णय समेतबाट देखिन आएन । यस्तो स्थितिमा मोही निष्कासन गर्ने गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । मोही निष्कासन नहुने गरी गरेको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6684
मुद्दाको विषयकुत दिलाई मोही निष्कासन ।
निर्णय वर्ष / मिति2055/05/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सहितको मिति २०५३।१२।१३ को फैसला । | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद आर्यालको राय सदर गरी पाउँ भन्ने र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले वाली सम्बन्धमा पुनरावेदन परेको छैन । भूमि सम्बन्धी ऐन | माननीय न्यायाधीश श्री केदार नाथ आचार्यको राय सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो । | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्यालको राय मनासिव ठहर्छ । पुनरावेदन अदालत जनकपुरको फैसलाको तपसीलको देहाय १ कायम नरहने हुँदा सो कट्टा गर्नु भनी शुरु भूमि सुधार कार्यालयलाई लेखि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6684
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्