नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6683 · वि.सं. २०५६
नि.नं. 6683 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी प्रतिवादी बीच, पुस्तावारी मानो छुट्टीएको मिति कायम गरे सम्वन्धमा विवाद छैन । सो कि.नं १७५ को जग्गा प्रतिवादी वद्री बहादुर भट्टराईले जग्गाधनी तीर्थ वहादुर शाक्य समेतवाट छोडपत्र गराई लिई सो मध्येको जग्गा मिति ०४५।५।३१ मा अंजु पौडेल, लीला देवी देवकोटा, रामकृष्ण खनाललाई हक छाडी दिँदा कित्ताकाट भई निज बद्री वहादुरको हकमा कि.नं. ६८२ को ०.७.० रोपनी जग्गा मात्र बाकी रहेको मिसिल प्रमाणबाट देखिन आउँछ । निजले ०४५।५।३० मा छाडपत्र गराई लिँदा रु ६७५०० वुझाई कि.नं. १७५ को जग्गामा हक प्राप्त गरेको पाइनछ । सो लिखतबाट मोहीको हैसियतले मात्र सो जग्गा प्राप्त गरेको नभई मूल्य तिरी प्राप्त गरेको देखिन्छ । भूमि सम्बन्धी ऐन २०२१ को दफा २ को खण्ड (ख) ले मोहीको परिभाषा गर्दा मोही भन्नाले अरु जग्गावालको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान संझनु पर्छ भनी उल्लेख भएको देखिँदा अरुको जग्गा कमाउने मोही भइ आफ्नो जग्गा कमाउनेको मोही हक जग्गाको स्वामित्व भै समाहित हुने हुँदा सो अवस्थामा छुट्टै मोही हकको अस्तित्व कायम रहने अवस्था देखिन आउदैन । यसबाट कि.नं. १७५ किताकाट भई कायम रहेको कि.नं. ६८२ को जग्गाको स्वामित्व र मोही हक समेत छुट्टा छुट्टै कायम नरही प्रतिवादी बद्री वहादुरको नाउँमा जग्गाधनीको हैसियत मात्र कायम रहने स्थिति देखिन आयो । सो जग्गा निज प्रतिवादीले २०४५।९।२० मा मानो छुट्टिएको मिति कायम हुनु भन्दा अघि नै संगोलमै रहेको अवस्थामा मूल्य तिरी प्राप्त गरेको देखिँदा वण्डा गर्न नपर्ने भन्ने माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको रायसंग सहमत हुन नसकिने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6683 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2055/05/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको रायसंग सहमत हुन नसकिने । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यसंग मतैक्य हुन नसकी राय नमिलेको हुँदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठको रायसंग सहमत छु । | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको रायसंग सहमत हुन नसकेको हुँदा राय नमिलेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सहमतिको यस अदालत संयुक्त इजलासको मिति ०५४।२।२० को फैसला । | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय मिलेकै हुँदा सदर हुन पर्दछ भन्ने समेत व्यहोराको मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । पुनरावेदक प्रत्यर्थी प्रतिवादीको तर्फबाट रहनु भएको विद्वान अधिवक्ताव्दय श्रीहरी अर्याल र श्री वसन्तराम भण्डारीले कि | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको रायसंग सहमत हुन सकिएन । कि | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठको राय मिलेको देखिँदा मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6683 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
