नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 668 · वि.सं. २०२९
नि.नं. 668 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तायदाती लिने अवस्थाको अंश मुद्दा नभएमा त्यस तहबाट हदमाथि नहुने । जहाँसम्म अंशसम्बन्धी मुद्दा हदमाथि भन्ने लुम्बिनी अञ्चल अदालतको फैसलामा उल्लेख छ त्यसको सम्बन्धमा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (क) मा तायदाती नआएको अंश मुद्दा भन्ने उल्लेख छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट तायदाती लिई अंश दिलाइपाउँ भन्ने वादीको दावी नभई यो यो कित्ता जग्गाको आधी मेरो अंश छुट्याई दिलाइपाउँ भनी नालिस भई जग्गाको फाँट खुलाई दावी गरेको देखिनाले तायदाती लिने अवस्थाको यो मुद्दै नहुँदा त्यस तहबाट हदमाथि हुने त कुरै भएन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 668 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2029/01/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 668 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
