नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6676 · वि.सं. २०५६

नि.नं. 6676 — जवरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पिडित अनुराधाको चिकित्सकद्वारा गरिएको जाँच र निजको किटानी जाहेरीको साथै अदालतमा वकपत्र गर्दा कसूर गरेको प्रष्ट हुँदाहुँदै अन्यथा गरेको पुनरावेदन अदालतको निर्णय प्रत्यक्ष प्रमाणको प्रतिकुल भएको देखिन्छ । तसर्थ शुरु इलाम जिल्ला अदालतले प्र. कुमार वहादुर अधिकारीलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको ३ नं. बमोजिमको ४ वर्ष कैद र ऐ.को १० नं. बमोजिम निजको आधा अंश पिडित पक्ष अनुराधालाई दिलाई दिएको सदर गर्नु पर्नेमा जवरजस्ती करणीको उद्योग गरेको मात्र ठहराएको पुनरावेदन अदालत इलामको निर्णय मिलेको नदेखिँदा केही उल्टी हुने । (प्र. नं. २१) § अर्का प्रतिवादी गोविन्द थापा वादी दावी बमोजिम घटना स्थलमा मौजुद रही जाहेरवालीलाई प्र.कुमार वहादुरले जवरजस्ती करणी गर्दाको अवस्थामा वचाउनको लागि केही नगरी चुप लागि हेरी रहेको कार्यले प्र.कुमार वहादुरलाई मद्दत गरेका भनि जवरजस्ती करणीका ४ नं. बमोजिमको सजायको मागदावी लिएको देखिएतापनि निज गोविन्द थापाले प्र. कुमारबहादुरलाई सकृयतापूर्वक अपराधिक कार्यमा सहयोग पुर्‍याएको देखिदैन । घटनास्थलमा चुप लागि हेरी रहेको अवस्थामा अपराधीक कार्यको सहयोग पुर्‍याएको संज्ञा दिन मिल्दैन र जवरजस्ती करणीको ४ को नं. को परिधी भित्र पर्ने समेत नदेखिँदा पुनरावेदन अदालत इलामले प्र. गोविन्द थापालाई सफाई दिन ठहर्‍याएको हदसम्म इन्साफ मनासिव ठहर्ने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6676
मुद्दाको विषयजवरजस्ती करणी
निर्णय वर्ष / मिति2055/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6676
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्