नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6674 · वि.सं. २०५६
नि.नं. 6674 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जाहेरवालाले आफ्ना जाहेरी दरखास्तमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गर्न नसकेको र अदालतमा आई वकपत्र गर्दा श्रृतानुश्रृत प्रमाणको आधारमा कृष्णहरी खत्री उपर शंका सम्म व्यक्त गरेको पाइन्छ । सर्जमीनका व्यक्तिहरु र प्रहरीमा ठाडो कागज गर्ने रत्नमाया महर्जन समेतले अदालतमा बयान गर्दा मृतक सन्तमायासँग सुरेन्द्र महर्जन मात्र साथै गएको भन्ने लेखाई दिएको समेत देखिन आएबाट कृष्णहरी खत्री वारदातमा संलग्न भएको भने सहअभियुक्तको पोल अन्य कुनै तथ्ययुक्त र स्वतन्त्र प्रमाणहरुबाट पुष्टि हुन आएको कुटोमा पाइएको रौं विधि विज्ञान प्रयोगशालामा परिक्षण हुँदा कृष्णहरी खत्रीको रौसंग मिल्न सक्ने भन्ने विशेषज्ञको राय भएतापति रौं परिक्षण विशेषज्ञ जीवन प्रसाद रिजालले अदालतमा गरेको वकपत्रको स.ज. १२ मा रौमा फरक देखिएकोमा किटान साथ फरक छ भन्ने सकिन्छ तर समानता भने किटानि गर्न नसकिने भनि वकपत्र गरेको देखिँदा मिसिल संलग्न कुनै पनि प्रमाणबाट सह अभियुक्तको पोल समर्थित नरहेको अवस्थामा विशेषज्ञको रायलाई मात्र आधार लिई प्रतिवादीले आरोपित कसूर गरेको ठहर गर्न नमिल्ने । (प्र.नं. २६) § टाउकोको आघातका कारण मृत्यु भएको (Cause of Death is head injury) भन्ने पोष्टमार्टम प्रतिवेदन समेतबाट करणी पश्चात सन्तमायाले लगाएको गहना लुट्न लाग्दा सन्तमाया कराई गाउँमा भनि दिन्छु भनेकोले सोही डरले माटो खन्न लगेको कुटोले मृतकको टाउकोमा प्रहार गरेको भन्ने प्रतिवादीको साविति बयान समर्थित हुन आउँछ । प्र. सुरेन्द्र महर्जनले प्रहरी समक्ष गरेको बयान शारिरिक यातना दिई गराएको भनी जिकिर लिएको भएतापति घा, खत, वा शारीरिक जाँचको निवेदन लगायतका कुनै प्रमाण पेश गर्न सकेको पाइएन । प्रतिवादीको अदालत समक्ष गरेको बयानमा कसूरमा इन्कारी रहेको देखिएता पनि अन्य स्वतन्त्र प्रमाणबाट त्यस्तो इन्कारी पुष्टि हुन नसक्दा निजले अपराध गरेको होइन भनि मान्न मिल्ने अवस्था नदेखिंने । (प्र. नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6674 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/07/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
