नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6673 · वि.सं. २०५६
नि.नं. 6673 — हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोहीले आफ्नो मोहियानी जग्गामा जे जस्तो हक राख्दछ त्यो हक नै अंशवण्डा हुने वा अन्य कुनै प्रकारले हक हस्तान्तरण गरी दिन सक्ने हुन्छ । यसरी वादी दावीको विवादका जग्गाहरु सिद्धिमायाकै नाममा दर्ताको रहेको अवस्थामा निजको शेष पछि कानून बमोजिम निजको हक खाने वादीहरुको हक हुने देखिन्छ । नापीका अवस्थामा सोही जग्गाहरु मध्ये कुनै १ कित्ता जग्गा आफ्ना नाममा नपाउँदैमा वा अंशवण्डाबाट आएको भनी लेखाइदिएकै कारणबाट जग्गाको स्वामित्व हस्तान्तरणको प्रमाणको अभावमा विवादका जग्गाहरु प्रतिवादीहरुको हक पुग्ने भन्न मिल्दैन । जग्गाको स्वामित्व वादीको हकको देखिएको अवस्थामा हकै नपुग्ने प्रतिवादीबाट स्वामित्व हक छाडी लिएकोबाट जग्गाको स्वामित्व प्राप्त हुने अवस्था नहुने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6673 |
|---|---|
| मुद्दाको विषय | हक कायम । |
| निर्णय वर्ष / मिति | 2055/05/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6673 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
