नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 667 · वि.सं. २०२९
नि.नं. 667 — हकसफा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) माल तथा प्रमुख जिल्ला अधिकारीले निखन्न पाउने हक कसको ? थाहापाएको मिति कुन ? भन्ने छानविन गरी न्यायिक निर्णय गर्न नमिल्ने, नालेश गर्न सुनाउनुपर्ने । सर्वप्रथम प्रस्तुत केशमा हकवाला हुँदा हकसफा गरिपाउँ भन्ने निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुर दुवैको छुट्टाछुट्टै मालमा दरखास्त परेको बाट हकवालाले निखन्ने विषयमा लेनदेन व्यवहारको ११ नं.को कानूनी व्यवस्थाअनुसार निखन्न पाउने हकवाला ती तीनमध्ये कुन कायम भई कसले हक निखन्न पाउने हुन आउँछ भन्ने कुराको निर्णय गर्नुपर्ने प्रश्न उपस्थित हुन आउँछ र त्यस प्रश्नमा निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुरको बीचमा निखन्न पाउने कानूनी व्यवस्थाअनुसारको हकवाला म हुँ भन्ने कुराको परस्पर दावा गर्ने र प्रतिवाद गर्ने मौका पनि पाउनुपर्ने देखिन आउँछ । यस्तो विवाद उत्पन्न भएकोमा हक निखन्न पाउने हक कसको छ भनी ठहराई न्यायिक निर्णय गर्नुपर्ने स्थितिको विवाद खडा भएको प्रस्तुत केशमा विपक्षी चन्द्रबहादुर भन्दा नजिकको हकदार मदनबहादुर भनी निखन्न पाउने ठहराई मालले निर्णय गर्न पाउने र थाहापाएको मितिको प्रश्नसमेत समावेश गरी मदनबहादुरले दिएको दरर्खास्तबमोजिम थाहापाएको मितिको प्रश्नमा समेत रजिष्ट्रेशनको ३५ नं.अनुसार सबूद बुझी न्यायिक निर्णय गर्नपाउनेसमेत माल कार्यालयलाई अधिकार प्राप्त भएको देखिँदैन । मालबाटै ऐनबमोजिम नालिस गर्नु भन्ने सुनाउनुपर्ने थियो । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 667 |
|---|---|
| मुद्दाको विषय | हकसफा |
| निर्णय वर्ष / मिति | 2028/11/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 667 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
