नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6667 · वि.सं. २०५६

नि.नं. 6667 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नजीरको विषयवस्तु मुद्दाको प्रकृति मिलेको हुनुपर्दछ । तथ्य र कानूनी प्रश्न समान भएको अवस्थामा मात्र नजीर ग्राह्‍य हुने । (प्र.नं. ३२) § प्रस्तुत पुनरावेदन शुरु जिल्ला अदालतको फैसला उपर तत्कालीन सगरमाथा अंचल अदालतमा पुनरावेदन परी सो अंचल अदालतको फैसला उपर तत्कालीन पूर्वान्चल क्षेत्रीय अदालतमा परको पुनरावेदन पुनरावेदन अदालत राजविराजमा सरी सो पुनरावेदन अदालतले अंचल अदालतको फैसला उल्टी गरे उपर यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ । अंचल अदालतको पुनरावेदन सुनी गरेको फैसला उपर गरेको पुनरावेदनमा पुनरावेदन अदालतले अंचल अदालतको फैसला तल माथि हुने गरी फैसला गरे पनि त्यस्तो अवस्थामा अंचल अदालतलाई शूरू अदालत मान्न नमिल्ने र त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन लाग्न नसक्ने भनी यस अदालत वृहद पूर्ण इजलासबाट ने.का.प. २०५२ पृ. १८५ र पुनरावेदक वादी राम चलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा २०५२।१।१५ मा निर्णय भएको मुद्दामा पनि समान स्थिति रहुनका साथै यस मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलाबाट १० वर्ष कैद भएको अवस्था नभएको र यस अदालतमा साधक जाहेर गर्नु पर्ने अवस्थाको मुद्दा समेत नदेखिँदा उल्लेखित कानूनको परिपेक्ष्यमा यस मुद्दामा यस अदालतमा पुनरावेदन लाग्ने र यस अदालतको पुनरावेकीय क्षेत्राधिकार आकर्षित हुने अवस्था देखिन आएन । प्रचलित अन्य कानूनको समेत प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न सक्ने अवस्थाको नुहँदा यस्तोमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेर्न निवेदन लाग्ने कानूनी मुद्दा देखिदा पुनरावेदन गरेको कानूनसंगत नदेखिने । (प्र.नं. ३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6667
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2055/05/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको छुट्टै राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।२० को फैसला । | माननीय न्यायाधीश श्री केदारनाथ अचार्यको निर्णय मिलेकै हुँदा सो सदर हुनुपर्छ भन्ने र प्रत्यर्थी प्रतिवादीहरुको तर्फबाट रहनु भएका विद्वान अधिवक्ताद्धय श्री संभु थापा तथा श्री कृष्ण प्रसाद सापकोटाले प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्न नसक्ने हुँदा पुनरावेदन खारेज गर्ने गरेको सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको गर्नु भएको वहस समेत सुनियो ।
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6667
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्