नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6665 · वि.सं. २०५६

नि.नं. 6665 — उत्प्रेषणयुक्त परमादेशको लगायतका जो चाहिले आज्ञा आदेश पुर्जि जारी गरी पाउ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आयात विन्दु अर्थात भन्सार कार्यलयमा धरौटी स्वरुप उठाइने मूल्य अभिवृद्धि वापतको रकम मध्ये कति राजश्व खातामा दाखिला हुने र कति रकम दाखिला गर्ने व्यक्तिलाई नै फिर्ता दिने भन्ने कुरा कर दाताले पछि पेश गर्न विवरणबाट मात्र यकिन हुन्छ । उक्त व्यवस्थाबाट वास्तविक राजश्व स्वरुपको कर रकम यो यति भयो भनी पछि सर्वसञ्चित कोषमा जम्मा गर्दा यकिन हुने र सो वाहेक उक्त रकम अन्य खातामा राख्न नपाउने कानूनी प्रावधान देखिन्छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले कुनै आर्थिक वर्षको निमित्त बनेको आर्थिक ऐनमा उल्लेख भए बमोजिमका कर लगाई असूल उपर गर्न सक्ने अधिकार सम्म यो ऐनले दिएको छ । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ मा ऐन बमोजिम निर्धारण भएको कर त्यसरी निर्धारण भएको मितिले ६ वर्ष पछि असुल गर्न सकिने छैन भन्ने कानूनी प्रावधानबाट सो दफा संविधानसंग बाझिएको छ भनि निष्कर्ष निकाल्न मिल्ने कुरा पनि देखिदैन र साथै राजश्व असूलीका सम्बन्धमा गरिएको व्यवस्थालाई राजश्व असूल नगर्ने भन्ने अर्थ लगाउन पनि मिल्दैन । ऐनको दफा २१ को उपदफा (२) को व्यवस्थालाई उपदफा १ बाट अलग गरेर हेर्न मिल्ने पनि होइन र दफा २०(१) मा कर असूलीको सम्बन्धमा अवलम्वन गरिने तरिकाको उल्लेख गरिएको म्याद भित्र कर नबुझाउने करदाताबाट उल्लेखित तरिका अपनाई कर असूली गर्न सक्ने व्यवस्था समेत रहेको हुँदा ऐनको दफा २१(२) मा वर्णित उक्त प्रावधान बढीमा ६ वर्ष भित्र राजश्व उठी सकोस भन्ने हेतुले विद्याधिकाले राखेको देखिन्छ । § तसर्थ नेपाल अधिराज्यको संविधानको धारा ७४ संग मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(२) र ऐजनको नियमावली, २०५३ को नियम ५१(१)(२)(३) बाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं १७ र १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6665
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको लगायतका जो चाहिले आज्ञा आदेश पुर्जि जारी गरी पाउ ।
निर्णय वर्ष / मिति2055/05/18
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6665
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्