नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6661 · वि.सं. २०५६

नि.नं. 6661 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ इन्कारी जबसम्म शंकारहित प्रमाणबाट पुष्टि हुँदैन तबसम्म सो इन्कारीले मात्रै विश्‍वासिलो प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन भने अर्कोतर्फ शंकरदास थारुले लाठीले मृतक पन्‍नालाललाई हिर्काएको भनी जाहेरवालीले किटानीसाथ लेखि दिएकी, वारदातका चश्‍मदिद व्यक्ति जिउतरामले मृतकलाई प्रतिवादी शंकरदासले टाउकोमा हिर्काएको भनी किटानीसाथ लेखाइ दिएको र लाश जाँच रिपोर्टमा Head injury को कारणबाट मृत्यु भएको देखिने भनि उल्लेख भएबाट जाहेरवालीको भनाई र जीउतराम समेतका व्यक्तिको भनाईलाई उक्त लाश जाँच रिपोर्ट र लाश प्रकृति मुचुल्काबाट समर्थित हुन आउँछ । यस्तो स्थितिमा प्रतिवादी शंकरदास थारुले केबल अदालतमा गरेको इन्कारी बयानलाई आधार लिई निजले कसूर गरेको होइन भन्‍न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ४६) पुनरावेदक वादी तर्पबाट विद्वान अधिवक्ता श्री नन्दबहादुर सुवेदी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6661
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2055/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री हरिश्‍चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6661
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्