नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 666 · वि.सं. २०२९
नि.नं. 666 — लिलाम बदर गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफ्नो हक देखाई उजूर गर्नेले सबूत प्रमाण लिई अदालतमा आफै कारवाही गराउनु पर्ने । विपक्षी मोतिलालले हरिबहादुरबाट भरी पाउनुपर्ने विगोमा अचल घरजग्गा लिलाम गरी भराइपाउँ भनी दरखास्त गर्दा मेरो र नावालक नावालिकाहरूको हक लाग्ने घरजग्गा देखाई दरखास्त गरेछ र का.प.जि.अ.बाट लिलाम गर्ने सूचना टाँस हुँदा मैले उजूरसमेत गरेकी थिएँ । केही वास्ता नगरी लिलाम गरिदियो कानूनबमोजिम भएन भन्नेसमेत निवेदिकाले चढाएको ०२३।५।२१।३ को निवेदनपत्र जाहेर हुँदा यस्तो व्यहोरा साँचो भया, कानूनबमोजिम भएको छ, छैन बुझी कानूनबमोजिम गर्नु भन्ने बागमती अञ्चल अदालतका नाउँमा ०२३।५।२४।६ मा हुकूम प्रमांगी बक्स भई आएबाट प्रस्तुत मुद्दाको कारवाहीको सुरुवात भएको देखिन्छ । लिलाम गर्ने सूचना टाँस हुँदैका बखत लिलाम नहोस भनी गरेको उजूरीबाट केही कारवाही गरिदिएन भन्ने निवेदिकाको उजूरीको हकमा सो लिलामसम्बन्धी मिसिल हेर्दा निवेदिकाले हुलाकद्वारा २२।१।११।२ मा रजिष्टरी गरी निवेदन पठाएको सो निवेदनमा नावालक नावालिकाहरूको हक छ भन्ने कुरो उल्लेख नगरेको, अष्टमायाबाट बकस पाई मेरो हक भएको घरजग्गा भन्ने सम्म उल्लेख गरेकोमा अष्टमायाले आफ्नो शेषपछि बकस दिन नपाउने देखिएको र निवेदन दिने निवेदीका पनि अदालतमा हाजिर हुन नआएकी हुनाले लिलाम रोक्का गर्न नपर्ने भनी ०२२।१०।१७।१ मा काभ्रेपलाञ्चोक जिल्ला अदालतले आदेश गरी लिलाम गरेको देखिन्छ । आफ्नो हक देखाई उजूर गर्ने निवेदिकाले कारवाहीको लागि सबूदप्रमाण लिई अदालतमा आफै वा वारेसद्वारा उपस्थित भई कारवाही गराउनुपर्ने अ.बं.९० नं.ले सरकार वादी हुने मुद्दामा मात्र उजूरवालालाई अदालतले म्याद जारी गरी झिकाई कारवाही गर्ने व्यवस्था भएको प्रस्तुत मुद्दा सरकार वादी नभएकाले अदालतबाट म्याद जारी गरी झिकाउन नमिल्ने, खुदै उजूरवाला उपस्थित भई कारवाही गराउनुपर्ने सो नगरेपछि अदालतबाट अरु कारवाही गर्न नहुने भई का.प.जि.अ.ले कानूनबमोजिम कारवाही गराई टुड्ड्याई लिलाम गरेको देखिन्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 666 |
|---|---|
| मुद्दाको विषय | लिलाम बदर गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2028/11/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२९, नि.नं. 666 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
