नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6659 · वि.सं. २०५६

नि.नं. 6659 — नापी निर्णय बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गा (नाप, जाँच) ऐन, २०१९ को दफा ६(७) बमोजिम जग्गा नाप जाँच हुँदा तेरो मेरो सम्बन्धी प्रश्‍न उठेमा तोकिएको अधिकारीले सो कुराको दुवै पक्षको प्रमाण जाँची जुन पक्षको प्रमाण बलियो देखिन्छ त्यसै पक्षको नाममा अदालतबाट अन्तिम निर्णय भई नआए सम्ममका लागि अस्थायी दर्ता गर्ने निर्णय गरी सम्बन्धित पक्षलाई त्यसको निस्सा दिनेछ । चित्त नबुझ्ने पक्षले त्यस्तो निर्णय उपर पैँतिस दिन भित्र अदालतमा उजूर नगरेमा उक्त निर्णय अन्तिम हुनेछ र सोही अनुसार सम्बन्धित व्यक्तिको नाममा जग्गा दर्ता हुनेछ । उजुर परेमा अदालतबाट भएको अन्तिम निर्णय भई आए बमोजिम दर्ता गरिने छ भन्‍ने स्पष्‍ट व्यवस्था भए अनुसार नापी टोलीले मिति २०४८।९।४ को निर्णयमा चित्त नबुझे पैतीस दिन भित्र पर्सा जिल्ला अदालतमा उजुर गर्न जानू भनी सुनाएको देखिन्छ । यसरी प्रष्ट कानूनी व्यवसायको आधारमा नापीबाट उजूर गर्न जानू भनी सुनाएको निकाय पर्सा जिल्ला अदालतमा तोकिएको म्याद भित्र उजुर नगरी अधिकार क्षेत्र भित्रै नपर्ने पुनरावेदन अदालत हेटौँडामा दायर भएको पुनरावेदन पत्रमा उक्त अदालतले पुनरावेदन सुनि तथ्य भित्र प्रवेश गरी निर्णय गरेको देखिँदा उक्त निर्णयमा न्याय प्रशासन ऐन, २०४८ को दफा ७ बमोजिम अधिकार क्षेत्रात्मक त्रुटी देखिनुका साथै पुनरावेदक(प्रतिवादी) मालपोत कार्यालय काठमाडौँ विरुद्ध मुकुन्दप्रसाद अर्याल भएको उकास जग्गा दर्ता मुद्दामा यस अदालत पूर्ण इजलासबाट मिति २०५३।३।६।५ मा (ने.का.प. २०५३, अंक ७, पृष्‍ठ ५४७, नि.नं. ६२२५) "न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) ले पुनरावेदन सुन्ने अधिकार नै नभएकोमा अधिकार क्षेत्र ग्रहण गरी निवेदकको पुनरावेदन सुनि गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी देखिने" भनी प्रतिपादित नजिरको विपरित समेत देखिँदा पुनरावेदन अदालत हेटौँडाले गरेको निर्णय क्षेत्राधिकारको त्रुटीयुक्त हुँदा सो पुनरावेदन खारेज गर्नु पर्नेमा निर्णय गरेको नमिलेकोले उल्टी हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6659
मुद्दाको विषयनापी निर्णय बदर ।
निर्णय वर्ष / मिति2055/03/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्रीहरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6659
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्