नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6658 · वि.सं. २०५६

नि.नं. 6658 — लेनदेन।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रजिष्ट्रेसनको ६ नं. मा रजिष्ट्रशेन गराउन पर्ने घरसारको लिखत रजिष्ट्रेशन नगराइ लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल सम्पत्ति पक्री दावी गरेको नालिस लाग्न सक्दैन थैली परेमा सो थैली र लिखत बमोजिम ङ्गङ्को सम्पत्ती भोग गर्न नपाएकोमा भोग गर्न नपाएको जतिको कानूनबमोजिमको ब्याज समेत साहुले कपाली सरह भराई लिन पाउंछ र कपाली सरहको लिखतको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्ष भित्र नालेश लाग्न सक्ने कानूनी व्यवस्था भएको र लेनदेन व्यवहारको ४० नं. मा सो लेनदेन व्यवहारको महलमा अन्यत्र हदम्याद लेखिएकोमा बाहेक अरुमा भए गरेको मितिले दुई वर्षभित्र नालेस नदिए लाग्न नसक्ने भन्ने व्यवस्था गरेबाट उक्त लेनदेन व्यवहारको महलको अन्य दफाहरुमा हदम्याद नलेखिएको कलममा मात्र लेनदेन व्यवहारको ४० नं. हदम्याद आकर्षित हुने र रजिष्ट्रेशन पारित गराउनु पर्ने लिखत पारीत गरी नदिएकोबाट कपाली हुन गएकोमा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुन सक्ने । (प्र.नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6658
मुद्दाको विषयलेनदेन।
निर्णय वर्ष / मिति2055/06/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्रीअरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6658
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्