नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6655 · वि.सं. २०५६

नि.नं. 6655 — निखनाई पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले पति न्हुच्छे महर्जनबाट मिति२०४२।६।२२ मा गरिलिएको घरसारको लिखतले कानूनी मान्यता ग्रहण गर्न नसकी विवादित घर जग्गा वादीको निर्विवाद हक भोगको भन्ने अवस्था देखिँदैन । मुलुकी ऐन, लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हक पुग्ने अचल बिक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जूरी दिने बाहेक सो बिक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिम कुनै हकवालाले निखनी लिन चाहेमा पैँतिस दिनभित्र निखनी लिन पाउँछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा विवादित कि.नं. ७६१ को जग्गा वादीको नाममा दर्ता रहे भएको समेत नदेखिएको अवस्थामा सो जग्गामा बनेको घर नाताले कि.नं. ७६१ को जग्गा र सो जग्गाको घर वादीको हकभोगको सम्पत्ति भन्ने देखिदैन कि.नं. ७६१ को सन्धीसर्पन पर्ने भई निखनी पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको पुनरेदन अदालत पाटन समेतको फेसला मिलेको देखिँदा सदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6655
मुद्दाको विषयनिखनाई पाउं ।
निर्णय वर्ष / मिति2055/05/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6655
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्