नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6654 · वि.सं. २०५६
नि.नं. 6654 — चितुवाको छाला चोरी निकासी।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा १ को खण्ड (ग) हेरिएमा शुरु अदालत निकाय वा अधिकारीले गरेको निर्णय र सो निर्णय उपर पुनरावेदन सुनि पुनरावेदन अदालते गरेको निर्णयमा तात्वीक भिन्नता भएको मुद्दामा मात्र पुनरावेदन लाग्न सक्ने कानूनी स्थिती देखिन्छ । यस व्यवस्था बमोजिम पुनरावेदक पुनरावेदन तहमा नआएर दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरी पाउं भनी आउनु पर्ने थियो । त्यसमा पनि पुनरावेदकलाई शुरु फैसलाले भन्दा घटी जरिवाना भएको स्थितिमा सोबाट स्वयं पुनरावेदकलाई लाभ भएको देखिन्छ । साथै पुनरावेदक प्रतिवादी ज्ञान बहादुर राई समेत वि. दिल बहादुर राई भएको अंश मुद्दामा प्रतिपादीत सिद्धान्त (ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४ पृष्ठ १८५) कायम भै रहेको देखिंदा पुनरावेदन अदालतले गरेको फैसला उपर पुनरावेदन नलाग्नेमा पुनरावेदन परेको देखिन आएको र पुनरावेदन अदालतबाट जरिवाना कम गरिएकोलाई तात्वीक भिन्नता भएको मान्न सकिने विवेकसंगत तर्क केही नहुंदा पुनरावेदनको औचित्य तर्फ विचार गरी रहनु नपर्ने । (प्र.नं. २६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6654 |
|---|---|
| मुद्दाको विषय | चितुवाको छाला चोरी निकासी। |
| निर्णय वर्ष / मिति | 2055/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6654 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
