नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6652 · वि.सं. २०५६
नि.नं. 6652 — अपुताली ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतक राधिकादेवीकी एक मात्र छोरी जनारसी देवी भई निज जनारसी देवीको पनि विवाह भई सकेको र राधिकादेवीको मृत्यु हुनु अगाडी निजसँग एकासगोलमा रहे बसेका अरु हकवाला समेत नदेखिएको अवस्थामा तत्कालीन अपुतालीको २ नं. अनुसार विवादित जग्गाको आधारमा राधिकादेवीकी छोरी प्रतिवादी जनारसीको हक लाग्ने भई आधासम्ममा मात्र वादीहरुको हक पुग्ने देखिन आएबाट पुरै जग्गा प्रतिवादीको हक भोगको भनी वादी दावी नपुग्ने ठहर गरेको शुरु सदर गरेको तत्कालीन जनकपुर अंचल अदालतको फैसला उल्टि गरी विवादीत पुरै जग्गामा वादी दावी बमोजिम हक कायम हुने समेत ठहर्याएको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।२।१।१ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुन्छ । वादी दावीको जग्गामा आधा सम्ममा दावी बमोजिम वादीहरुको हक कायम भै निजहरुका नाउँमा दर्ता समेत हुने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6652 |
|---|---|
| मुद्दाको विषय | अपुताली । |
| निर्णय वर्ष / मिति | 2055/04/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6652 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
