नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 665 · वि.सं. २०२९

नि.नं. 665 — हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहकको प्रश्नै समावेश नभएमा माल र प्रमुख जिल्ला अधिकारीउपर पुनरावेदन नलाग्ने । सो माल र जिल्ला प्रमुख अधिकारीले गरेको पर्चाबाट पुनरावेदक र प्रमोदप्रसाद समेतका बीचमा जग्गा हकबेहक हुन जाने न्यायिक निर्णय भयो कि भएन भन्ने कुराको विषय नै मुख्य विषय हुन आएको छ र त्यसतर्फ विचार गर्दा पुनरावेदकहरूलाई सो ठाउँको जम्मै जग्गा हाल आवादी गर्न दिनु भन्ने हुकूम प्रमांगीमा उल्लेख भएको छैन । सो ठाउँको ६०० विगाहा आवाद गर्न दर्ता गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको सो बक्स भएका हुकूम प्रमांगीबमोजिम पुनरावेदकसमेतका नाममा दर्ता हुनलाई नाप नक्सा भइरहेको बखत केही अंश पुरानो नम्बरी भनेको जग्गा छुट्याई बाँकी पर्ति जङ्गलबाट पुनरावेदकहरूलाई ६०० विगाहा जग्गा छुट्याई दिने आदेश गरेकोबाट कुनैको बीच हकबेहक छुट्टिनु पर्ने वा हकबेहक भएको भन्ने देखिएन र आवाद गर्न पाएको एरिया ४ किल्लादेखि बाहिरको जग्गा छुट्याई दिए भन्ने पनि पुनरावेदकको जिकिर नदेखिएको हुनालेसमेत हुकूम प्रमांगी भई बक्स पाएको एरियाभित्रको पर्ति जङ्गल जग्गा पुनरावेदकहरूलाई छुट्टयाई दिने गरेको पर्चामा हकबेहकको प्रश्न समावेश भयो भन्न नमिल्ने हुँदा हकबेहकको प्रश्नै समावेश नभएको हुँदा हकबेहकमा तहकिकात गर्न पठाउने भनी २७।९।२९।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्त तिवारीले गर्नुभएको राय मिलेको देखिएन । माथि लेखिएबमोजिम हकबेहकको प्रश्नै समावेश नभएको हुँदा उपरोक्त कारणहरूबाट पुनरावेदन नलाग्ने भनी गरेको रायसँग उक्त डिभिजन बेञ्चमा मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.665
मुद्दाको विषयहाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने
निर्णय वर्ष / मिति2028/06/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री जयदेव भट्ट | माननीय न्यायाधीश श्री हेरम्बराजको राय र स्थानीय प्रशासन ऐन
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 665
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्