नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6649 · वि.सं. २०५६
नि.नं. 6649 — उत्प्रेषणको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रिट निवेदकको जिकिर संविधानको धारा ४५(६)(७) मा भएको व्यवस्थासँग उक्त ऐनको दफा (ग)(घ) र नियमावलीको नियम ३ (८)( ग) मा गरिएको व्यवस्थाको व्यवस्था प्रतिकूल भयो बाझियो भन्ने उल्लेख गरिएको के कति कारण आधारबाट कसको संविधान प्रदत्त मतदान गर्न पाउने अधिकार हनन हुन गयो सो कुराको तथ्ययुक्त विवरण दिएको पाइदैन । निवेदन जिकिरमा यो दफाको यस्ता व्यक्तिले मतदान गर्न नपाउने हुँदा संविधानको प्रदत्त मतदान गर्ने मौलिक हकबाट बञ्चित हुने अवस्था रह्यो भनी उल्लेखित ऐन नियमको दफा नियमलाई संविधानसँग बाझिएको प्रतिकूल भयो भनिएको छ । संविधानको धारा ४५(६) र (७) मा भएको व्यवस्थालाई हेर्दा धारा ४५ मा प्रतिनिधि सभाको गठन व्यवस्था गरी उपधारा (६) मा १८ वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम कुने एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने हुनाले र उपधारा ७ मा प्रतिनिधी सभा सदस्यसका लागि हुने निर्वाचनमा मतदात गर्ने अधिकार पाएको कुनै व्यक्ति धारा ४७ र अन्य प्रचलित कानूनको अधिनमा रही कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने छ भन्ने व्यवस्था रहेको छ । यो संवैधानिक व्यवस्थालाई दृष्टिगत गर्दा १८ वर्ष पुरा गर्ने प्रत्येक नागरिकले कानूनमा व्यवस्था भए बमोजिम निर्वाचनमा भाग लिन पाउने अधिकारको प्रयोग गर्न सक्ने देखिन्छ । मतदान गर्न पाउने अधिकारलाई संरक्षित र व्यवस्थित गर्नका लागि कानून बनाउनु पर्ने कुरा संविधानको धारा ४५(६) मा रहेको कानूनमा व्यवस्था भए बमोजिम भन्ने शब्दावलीले नै प्रष्ट गरेको छ । धारा ४५(७) मा भएको व्यवस्थाले उम्मेदवार हुन सबै भन्दा पहिले कुनै निर्वचन क्षेत्रमा मतदान गर्ने अधिकार प्राप्त हुनु पर्ने अन्य कानून बमोजिम उम्मेदवार हुने योग्यता पुरा गर्नु पर्ने हुन्छ । यस उपधाराले पनि निर्वाचनमा मतदान सम्बन्धी कार्यलाई व्यवस्थित गर्नका लागि अन्य कानूनको व्यवस्था गर्न सकिने अधिकारको छुट प्रदान गरेको देखिन्छ । त्यसै गरी संविधानको धारा ४७(१) ले संसदको सदस्य हुनको लागि योग्यता तोक्दा खण्ड (ग) मा कुनै कानूनले अयोग्य हुनु हुँदैन भनी उल्लेख भएको हुँदा अन्य कानूनले थप योग्यता पनि तोक्न सक्छ भन्ने कुराको पुष्टि हुन्छ । यसरी संविधानमा भएको व्यवस्था बमोजिम नै मतदाता नामावली सम्बन्धी ऐन, २०५२ ले दफा ४ को (१) र (२) मतदाताको योग्यता तोकी दफा ५ को (ग) र (घ) मा मतदाता हुन नसक्ने भनी मतदाताको अयोग्यता सम्बन्धी व्यवस्था गरिएको हुँदा संविधानसँग बाझियो, प्रतिकूल भयो भन्न नमिल्ने । (प्र.नं. २०) § मतदाता नामावली सम्बन्धी ऐन, २०५२ ले दफा ४ (१) मा रहेको मतदाताको नाम संकलन गर्ने साल भन्दा अघिल्लो सालको चैत्र मसान्तसम्ममा अठार वर्ष उमेर पुरा भएको व्यक्ति मात्र निर्वाचनको लागि मतदाता हुनेछ भन्ने व्यवस्था संविधानको धारा ४५(६) को भावना विपरित छ भन्ने निवेदन जिकिरका सम्बन्धमा विचार गर्दा सो ऐनको उल्लेखित व्यवस्थालाई संविधानको धारा ४५(६) मा रहेको अठार वर्ष उमेर पुरा भएको प्रत्येक नेपाली नागरिकलाई कानूनमा व्यवस्था भए बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ भन्ने व्यवस्थासँग दाँजेर हेर्नु पर्ने हुन्छ संविधानको धारा ४५(६) मा रहेको कानूनमा व्यवस्था भए बमोजिम भन्ने वाक्याशंले नागरिकको मतदानको अधिकार सुरक्षित एवं व्यवस्थित गर्ने सम्बन्धमा छुट्टै कानूनको तर्जुमा गरिनु पर्ने तर्फ संकेत गरेको छ । अठार वर्ष पुग्ने बित्तिकै अन्य कानूनी प्रकृयाहरु पुरा नगरिकनै मतदानकोअधिकार प्रयोग हुन सक्ने भन्ने संविधानको मनसाय पनि होइन कुनै व्यक्तिको उमेर अठार वर्ष पुगेको छ या छैन र कानून बमोजिमको मतदाता हो होइन ? भन्ने सम्बन्धमा यकिन नगरी निजलाई मतदाताको रुपमा स्वीकार गर्न सकिने अवस्था रहँदैन । तसर्थ अठार वर्ष उमेर पुरा भएको नेपाली नागरिकले कानूनद्वारा निर्दिष्ट समयावधि भित्र निर्दिष्ट प्रकृया पुरागरी मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउने कर्तव्य पालना नगरिकनै मतदानको अधिकार पाउनु पर्छ भन्ने दावीलाई मान्न मिल्ने नदेखिने । (प्र.क. नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6649 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2055/03/12 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6649 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
