नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6648 · वि.सं. २०५६
नि.नं. 6648 — उत्प्रेषणको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सामान्यतः स्थायी बसोबासको क्षेत्र भन्दा अरु क्षेत्र मतदानको लागि सहज र उपयुक्त नहुने भएकोले कानूनद्वारा नेपाली जन सामान्यको सुविधा अनुकूल नै त्यस्तो व्यवस्था भएको मान्नु पर्छ । दफा ७ को व्यवस्थाले कस्तो बसोबास, स्थायी बसोबास गरेको मानिदैन अपवादको स्थितिको उल्लेख सम्म गरेको पाइन्छ । जागिरदार वा कामदार वा विद्यार्थी भएको कारणले रिट निवेदकहरु यस अपवादको स्थितिमा रहेका आफ्ना स्थायी बसोबासको क्षेत्र भन्दा बाहिरको निर्वाचन क्षेत्रमा बसोबास गरेकोले आफ्नो स्थायी बसोबासको क्षेत्रको मतदाता नामावली निजहरुले आफ्नो नाम दर्ता गराई मतदान गर्न असुविधा हुन पनि सक्छ तर असुविधाको कारणले निजहरुले आफ्नो नाम दर्ता गराउन र मतदान गर्न नजानु एउटा कुरा हो र निजहरुलाई मतदान गर्ने अधिकारमा नै बन्देज लाग्नु अर्को कुरा हो । मतदानको अधिकार प्रयोग गर्न चाहेन निवेदकहरु जस्तो नेपाली नागरिकले आफ्नो स्थायी बसोबासको क्षेत्रमा आफ्नो नाम दर्ता गराउनु पर्ने कर्तव्य पालन नगरेर आफूलाई असुविधा हुने हो भनी दफा ७ (ग) को कानूनी व्यवस्था नै असंवैधानिक भयो भनी चुनौती दिन पाउने कुरा पनि भएन । मतदाता नामावली सूचीमा आफ्नो नाम दर्ता गराउन र मतदान गर्न आफ्नो व्यवहारिक स्थितीले कसैलाई बढी सुविधा कसैलाई कम सुविधा वा कसैलाई कम असुविधा कसैलाई बढी असुविधा पर्ने सक्छ । यसले व्यवहारिक रुपले असमानता हुने भयो भनी कानूनको असमानताको संज्ञा दिन सकिने होइन । नत त्यस्तो असुवीधाको मात्र कारणले अनुपस्थित बन्देज लागेको भनी त्यस्तो कानूनमा अन्तरनिहीत औचित्य र विवेकलाई वेवास्ता गर्न मिल्छ । अतः मतदाता नामावली सम्बन्धी ऐन, २०५२ को दफा ७(ग) को व्यवस्था संविधानसँग बाझिएको नदेखिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6648 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2055/03/12 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6648 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
