नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6643 · वि.सं. २०५५
नि.नं. 6643 — लिखत र दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने कुराको प्रमाण वादी पक्षबाट पेश हुन सकेको छैन । प्रतिवादी उर्मिलाले आनो नाम दर्ताको जग्गा लोग्ने साक्षी राखी मिति २०४५।२।३१ गतेमा प्रतिवादी रमा दाहाल लाई बक्सपत्र गरी दिएको देखिन्छ । उक्त मिति २०४५।२।३१ गतेको बक्सपत्रको लिखत बदर गराउन मिति २०४७।२।३० मा दान बक्सको ५ नंं को हदम्यादको कायम गरी फिराद परेकोमा लेनदेन व्यवहारको १० नं. मा सगोलको अंशियार मध्ये कसैले आनो समेत हक लाग्ने सम्पत्ति राजिनामा वा कुनै व्यहोराले हक छोडी दिएको अवस्थामा आनो हक जतिमा रजिष्ट्रेशन पास भएको एक वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्नु गर्ने कानूनी व्यवस्था देखिन्छ । उक्त कानूनी व्यवस्था बमोजिम मिति २०४५।२।३१ गतेमा उर्मिलाले रमा दहाललाई दानबक्सको लिखत रजिष्ट्रेशन गरी हक हस्तान्तरण गरेको अवस्थामा लेनदेन व्यवहारको १० नं. को हदम्याद भित्र वादीको फिराद परेको देखिँदैन । तसर्थ उल्लेखित आधारहरु समेतबाट फिराद दावी पुग्न नसक्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6643 |
|---|---|
| मुद्दाको विषय | लिखत र दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2054/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6643 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
