नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6641 · वि.सं. २०५५
नि.नं. 6641 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यी निवेदकले ऐनको दफा २९(१)(ग) बमोजिम कर्तव्य पालन नगरेको अवस्थामा जग्गावालाले मोही निष्काशनका लागि जिल्ला अदालतमा उजुरी निवेदन गरेकोमा म्याद तामेल भै मौकामा प्रतिउत्तर नै नदिई बसेको देखिई प्रमाण बुझी निवेदकलाई मोहीबाट निष्काशन गर्ने ठहर्याएको देखिन्छ । अतः २०४६ साल बैशाख १५ गते पर्सा जिल्ला अदालतबाट भएको फैसलामा अ.बं. २०८ नं. को बेरित देखाई परेको निवेदकको निवेदनमा अंचल, क्षेत्रीय र स.अ.बाट समेत सदर हुन गई जि.अ.को फैसला अन्तिम भै वादीको पक्षको रहेको छ । एकपटक तह तह भई साधारण तहबाट विचार भई अन्तिम भई सकेको मुद्दाको हकमा असाधारण क्षेत्र अन्तर्गत पर्न आएको रिटको क्षेत्रबाट मूल्याङ्कन गरी फैसला गर्न नमिलेबाट मा.न्या. श्री कृष्णजंग रायमाझीले निवेदन खारेज हुने ठहर्याएको राय मनासिव देखिएकोले सदर हुने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6641 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2053/12/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णकुमार बर्मा | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय । | माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझीको राय कायम गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा निवेदकको निवेदन माग बमोजिम रिट जारी हुन पर्ने वा नपर्ने के रहेछ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6641 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
