नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6639 · वि.सं. २०५५

नि.नं. 6639 — उत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नगरपालिका ऐन, २०४८ को दफा ५८ बमोजिम नगरपालिकाको प्रमुखलाई कुनै घर बनाउने गरी नम्सा पास गर्दा सहरको भौतिक योजना बमोजिम विशेष डिाजाइन प्रजान गर्न र प्रचलित कानुन बमोजिम निर्धारित मापदण्डलाई कायम राख्ने गरी विशेष प्रकृतिको नक्सा पास गर्न सक्ने अधिकार छ भन्ने सन्दर्भमा सहरको भौतिक योजना बमोजिमको विशेष डिजाइन यो यस्तो रहेको र त्यस अनुसार प्रस्तुत नक्सा नभएको भन्ने समेत उक्त निर्णयमा देखिदैन । त्यस्तै प्रचलित कानून बमोजिम नक्सा पास गर्न यो यस्तो मापदण्ड निर्धारित भएकोले र सोही बमोजिम गरिएको भन्ने समेत निर्णयमा खुलेको पाइदैन । यस स्थितिमा अदालतमा विवाद परी विवाद किनारा भै सकेपछि तत्काल प्रचलित ऐन नियम बमोजिम नक्सा पास नगरेको विपक्षीको काम कारवाही कानूनसंगत रहेछ भन्न नसकिने।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6639
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2055/01/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठको राय मनासिव ठहर्छ । एक पटक अदालत बाट परमादेशको आदेश जारी भएपछि पनि फेरि पुनरावेदन गर्न जानु भन्नु उपयुक्त नभएको र वैकल्पिक उपचारको प्रश्न यस्तो स्थितमा नहुने हुँदा निवेदकको नाम दर्ताको कि.नं. १४५ को जग्गामा घर बनाउनको लागि निवेदकले प्रस्तुत गरेको नक्सा कानुनबमोजिम पास गरी नक्सा पास पूर्जि समेत दिनु भनी विपक्षी काठमाडौ महानगरपालिकाको नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6639
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्