नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6634 · वि.सं. २०५५

नि.नं. 6634 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरीले पक्राउ गरी जवर्जस्ती कागज गराए भन्ने निवेदन र निवेदकहरुलाई पक्राउन गरी कागज गराएको समेत छैन भन्ने प्रहरी कार्यालयको लिखित जवाफ रहेको देखिन्छ । निवेदकको दावी अनुसार मिति ०५३।३।११ मा गराए भनेको रु.२६५०००। को कागज पक्ष विपक्ष कसैबाट पनि पेश दाखिल हुन सकेको देखिदैन । लेनदेन सम्वन्धमा प्रहरीलाई कागज गराउन पाउने कानूनी व्यवस्था रहे भएको पाइदैन । कानूनले गराउन नपाउने कागज प्रहरीले गराएकै भए पनि त्यस्तो कागजले कानूनी मान्यता पाउन नसक्ने हुदाँ नभए नगराएको कागज वदर गराउन पर्ने अवस्था पनि नपर्ने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6634
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2055/05/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6634
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्