नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6632 · वि.सं. २०५५

नि.नं. 6632 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान लिने सजाय हुने व्यवस्था भएको देखिन्छ । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० को दफा ४(३) मा कुनै काम कुरामा साविकको मुलुकी ऐन, अन्तर्गत कुनै अपराधको अभियोग लागि अदालतबाट कसुरदार ठहराई यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भैरहेकोमा त्यस्तो काम कुरा अनुसुचीमा उल्लेख भएका नेपाल ऐन, अन्तर्गत पनि अपराध ठहरीने रहेछ र त्यसमा साविकको मुलुकी ऐन बमोजिम भएको सजाय भन्दा अनुसूचीमा उल्लेख भएका नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिनाहा भएको मानिनेछ भन्ने उल्लेख भएबाट सो मुलुकी ऐन अनुसूचीमा २०२० साल भाद्र १ गते देखि लागू हुने गरी भएको मुलुकी ऐन पनि उल्लेख भैरहेकोले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. को अपराधलाई बर्तमान मुलुकी ऐनले पनि सदर नै कायम गरेको र सजायको हकमा ज्यानको सजाय नभै सर्वश्व सहित जन्म कैदको सजायको व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रतिवादी करविर बस्नेतलाई तत्काल प्रचलित मुलुकी ऐनको ज्यान सम्बन्धी महलको २५(३) नं. ले मृत्यु दण्डको सजाय हुने नभई वर्तमान मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) नं. अन्तर्गत सर्वश्व सहित जम्माकैद हुनु पर्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6632
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2054/12/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6632
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्