नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6631 · वि.सं. २०५५

नि.नं. 6631 — जग्गा निखनाई पाउँ, हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राजिनामाको लिखतमा घरवारीको लागि खरिद गरेको भन्ने उल्लेख नभएको घरबारीकै लागि खरिद गरेको भए जग्गा राजिनामा गर्दाका वखत उक्त राजिनामाको कैफियत महलमा घरबारीको प्रयोजनको लागि भन्ने कुरा खुलाउन पर्ने थियो । सो को अभावमा केवल प्रतिउत्तर पत्रमा घरबारीको लागि खरिद गरेको भनी लेख्दैमा र साक्षीको भनाइको आधारमा मात्र घरबारीको लागि खरिद गरेको भन्न र मान्न कानून व्यवहार र प्रमाणबाट मिल्ने देखिदैन । त्यसैगरी प्रतिवादीको प्रतिउत्तर पत्र हेर्दा सो जग्गा आफ्ना नाममा दर्ता गराई सो जग्गामा ०४७ माघ १४ गतेमा राम्रो साइत हुँदा सोही मितिमा उक्त दावीको जग्गामा आफ्नो काँटा लगाइ बन्द व्यापार शुरु गरेको भनि प्रष्ट रुपमा बन्दव्यापारको लागि खरीद गरेकोलाई स्वीकारेकै पाइन्छ । बन्द व्यापार र घरबारी शव्द भिन्दाभिन्दै अर्थ र प्रयोजन लाग्ने शव्द हुन् । तसर्थ विवादको जग्गा प्रतिवादीलेृ घरबारीको लागि लिएको भनी मान्न नमिल्ने हुँदा निखनाई नपाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ उल्टी भै निखन्न पाउने ठहराएको सुरु मोरङ जिल्ला अदालत इन्साफ सदर हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6631
मुद्दाको विषयजग्गा निखनाई पाउँ, हक सफा
निर्णय वर्ष / मिति2055/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6631
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्