नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6630 · वि.सं. २०५५

नि.नं. 6630 — कुत दिलाई मोही निष्कासन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी दावीको जग्गाहरुको जग्गाधनी र प्रतिवादी मोही भएको कुरामा विवाद देखिदैन । २०४७ सालको कुत बाली प्रतिवादीले कानून बमोजिम समय मै जग्गावालालाई बुझाएको भरपाइ पेश नभएको र जग्गावालाले नबुझेबाट धरौटी राखेको भन्ने देखिन आएन । विवाद परे पछिका २०४८ र २०४९ सालको कुतबाली भूमि सुधार कार्यालय सप्तरीमा धरौट राखेकोमा जग्गावालाले उक्त धरौट बुझि लिएको कुरा मिसिल संलग्न धरौट रसिदको प्रतिलिपिबाट देखिन्छ । उक्त कुत बापतको धरौट रहेको रकम बुझी लिएको कारणबाट जग्गावालाले प्रतिवादीलाई मोही मानेको हो कि भन्नलाई अधिकार प्राप्त अदालत वा निकाय बाट मुद्दामा मोही निष्कासन हुने नहुने ठहर नभए सम्म जग्गावालाले मोहीलाई जग्गा भोग गर्न बाट हस्तक्षेप गर्न मिल्ने अवस्था नहुने र मोहीले जग्गा कमाइ रहेको अवस्थामा आफ्नो जग्गाको कृतवाली खान पाउने हक जग्गावालाको भएकोले धरौटी रहेको कुतवाली जग्गावालाले बुझेकै कारणबाट विवाद परेको साल पछि पनि मोही स्वीकार गरेको भन्न नमिल्ने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6630
मुद्दाको विषयकुत दिलाई मोही निष्कासन ।
निर्णय वर्ष / मिति2055/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमझी | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6630
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्