नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6629 · वि.सं. २०५५
नि.नं. 6629 — बाली दिलाई मोही निस्कासन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ खडेरी परी जग्गा आवाद हुन नसकेको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले बाली लगाउन नसकेकोमा समेत त्यसको सूचना यथासक्य जग्गावाला वा निजको तर्फबाट कुतवाली बुझ्ने व्इक्तिलाई दिएको देखिदैन । सुरु भूमि सुधार कार्यालय बाट वाली भराइ दिने, मोही निस्कासन नहुने निर्णय गर्दा मोही हक यथावत कायम रान्ख्नु पर्ने कारण खुलाएको पाइएन । खडेरी परेको भनी जग्गाधनीलाई सूचना दिएको भन्ने नदेखिएको र मौकामा नै त्यस किसिमको सूचना दिएको भन्ने प्रतिवादी पुनरावेदकले भूमिसुधार कार्यालयमा प्रतिउत्तर फिराउदा पनि जिकिर लिएको नहुँदा निजको त्यसतर्फ हाल पुनरावेदन तहमा लिएको जिकिर कानून संगत नदेखिने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6629 |
|---|---|
| मुद्दाको विषय | बाली दिलाई मोही निस्कासन । |
| निर्णय वर्ष / मिति | 2054/10/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6629 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
