नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6626 · वि.सं. २०५५
नि.नं. 6626 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मृतक वालजंगलाई मर्नु भन्दा पहिला मृतकले आफ्नै हातले केरावारीको भक्तेले मलाई काट्यो मेरा घरमा सुनाइ दिनु र मलाई अस्पतालमा लैजाउ भनी मृत्यु पूर्व लेखी दिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ११ मा मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिनु हुन्छ भन्ने व्यवस्था अनुसार मृतकले लेखिदिएको कुजरा प्रमाणमा लिन मिल्ने. नै खदेखिए समेतका आधार बाट मृतक वालजंगथ राईलाई कर्तव्य गरी मारेकोमा पुनरावेदन अदालत धनकुटाले प्रतिवादी भक्त बहादुर भन्ने जिवन कुमार अधिकारीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्न गरेको फैसला मिलेकै देखिने । (प्र.नं. १७) § प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीले सुरु जिल्ला अदालतमा वयान गर्दा मृतकसँग पैसा माग्दा उल्टै मृतकले २ पटक कुटेको हुँदा तत्कालै उठेको रिस थाम्न नसकी मृतककै कोठामा रहेको फलामको दाउले घाँटीमा हिर्काएको हो भनी साविती वयान गरी दिएको पाएबाट सो वारदात घट्नु पछाडि आफ्नो लिनुपर्ने पैसा माग गर्दा नदिई उल्टै मृतकले प्रतिवादीलाई कुटेको कारण बाट र्सि उठी छेउमा रहेको दाउले काट्न गएको मिसिल बाट प्रष्ट देखिरहेको स्थितिमा प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीलाई अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद गर्ने गरी व्यक्त राय समेत सदर हुने। (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6626 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/04/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6626 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
