नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6621 · वि.सं. २०५५

नि.नं. 6621 — वन्दुकले गोलि हानि मारेको ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतक दलवहादुर गुरुङ्ग र प्रतिवादी भरत वहादुर जिमी वन्दुक लिई संगसगै शिकार खेल्न गएको भन्ने कुरा किटानी जाहेरी मौकाको कागज गर्ने लोकनाथ कोइरालाको वकपत्रबाट स्पष्ट देखिन्छ । बन्दुक बोकी दुई जना व्यक्ति सिकार खेल्न भएकोमा प्रतिवादी मात्र फर्कि आएका र मृतकलाई खोजतलास गर्दा लाश फेला परेको देखिन्छ । राति सम्म मृतक फर्की नआएबाट निज प्रतिवादीलाई सोध्न जादाँ प्रतिवादी नाउँ छाडी बेपत्ता भई सकेको देखिन्छ भने अदालतबाट जारी भएको म्यादमा उपस्थित भएर आफ्नो अभियोगबाट सफाई लिन सकेको देखिंदैन । श्री ५ महाराजधिराज सरकारका जुनाफमा चढाएको विन्ती पत्रबाट निज प्रतिवादीले अदालतबाट जारी भएको म्याद समेत पाए पश्चात पनि निज प्रतिवादी फरारै रही बसेको समेत अवस्था स्थितिमा मृतकको मृत्यु निज प्रतिवादीकै कर्तव्यबाट भएको हो भन्ने कुरामा विवाद देखिदैन । अतः पुनरावेदन अदालत धनकुटाले निज प्रतिवादी भरत बहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (१) नं. अनुसार सर्वस्व सहित जन्मकैदको सजाय गर्ने ठहर्‍याएको इन्साफ मनासिव ठहर्ने । (प्र.नं १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6621
मुद्दाको विषयवन्दुकले गोलि हानि मारेको ज्यान ।
निर्णय वर्ष / मिति2055/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6621
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्