नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 662 · वि.सं. २०२९

नि.नं. 662 — बन्धकी निखनाइपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(क) एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार–राजीनामा, दान बकस, मालपोत बाँकीमा सकारिनु । (ख) रीतपूर्वकको राजीनामा लिखत पेश हुन नआए शंका उठाउन उपयुक्त नदेखिने । उक्त शंकाको विवेचना गरी हेर्दा एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार राजीनामा वा दान बकस अथवा मालपोत बाँकीमा सकारिनु बाहेक अरु कुनै आधार हुन सक्दैन । ०१७ सालको दर्तामा ५२ साल दर्ताकै सरह बन्धकी जनाएको पुरानै व्यहोरा कच गरी राखेको साविक जग्गावालाको हक छुटेको भन्ने नजनाएको र मैते भोटेले मेरो बाजे गजकेशर प्रधानलाई गरिदिएको भनी पेश गरेको १९५८ साल पुष वदी ९ रोज ६ को राजीनामा लिखतमा कारणीको सही नभई गुणन चिन्हसम्म लगाएको पाइयो । साविक मुलुकी ऐन कागज जाँचको २० नं.अनुसार १९४५ साल वैशाख वदि ३० रोज ६ देखि अघिकोमा सम्म सहिछाप नपरेको र कारणीले आफ्नो हस्ताक्षरले नलेखेको भए पनि पाटन भादगाउँमा श्रीवत्स लेखेको बाकु रहेछ भने सो कागज सदर हुने सो बाहेक अरुमा १९६१ साल वैशाख १ गतेदेखि अघिकोमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी चार थोकमा एक थोक पनि गरी सहिछाप नपरेको कागजबाट नालिस उजूर सुनिन नसक्ने हुनाले त्यस्तो कागज प्रमाणमा लिन नमिल्ने र अरु कानूनबमोजिम रीतपूर्वकको राजीनामा लिखत निवेदक प्रतिवादीले पेश गर्न नसकेको समेत हुँदा दर्ताको कच व्यहोरामा बन्धकी भन्ने प्रष्टै जनिइराखेको रीतपूर्वक राजीनामा लिखत पेश हुन नआएको यस्तो अवस्थामा निवेदक प्रतिवादीको हकमा उपरोक्त शंका उठाउनु उपयुक्त देखिन्न । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.662
मुद्दाको विषयबन्धकी निखनाइपाउँ
निर्णय वर्ष / मिति2028/08/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 662
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्