नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6618 · वि.सं. २०५५

नि.नं. 6618 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन अंश वण्डाको महलको १८ नं. मा मिति २०३४।९।२७ मा भएको संशोधन पश्चालतको उक्त संशोधन हुनु भन्दा अगावै प्राप्त गरेको वक्स पत्रको सम्पत्ति तत्काल प्रचलीत अंश वण्डाको १८ नं. मा मानो नछुट्टी संगै बसेका अंशीयार छन भने अंशियारहरुले कामाएको धन र लागेको ऋण सवै अंशियरमा भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनु दिनु पर्छ अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा खती उपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सा सँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउमा भए पनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन र लाएमो ऋण आफ्नो आफ्नो हुन्छ । भन्ने कानूनी व्यवस्था भएको पाईएबाट सगोलका अंशियार प्र. मध्येका राम सहोदरले वि. सं. १९७८।१।५ को वकस पत्र लगायत जुन सुकै स्रोतबाट पाएको सम्पत्ति भए पनि सगोलको वण्डा गर्नु पर्ने सम्पत्ति भित्र पर्ने देखिन्छ । यस सम्बन्धमा पुनरावेदक (प्रतिवादी) तुलसीलाल गुरुवाचार्य विरुद्ध मानिकलाल गुरुवाचर्य भएको अंश मुद्दामा (ने. का. प. २०४३, निर्णय नं. २८४० (पृष्ठ ८६१)) यस अदालत पुर्ण इजलासबाट एक सगोमा रहे बसेको अवस्थामा एका सगोलका कुनै अंशियारले आर्जन गरेको सम्पत्ति (तत्कालीन) अंश वण्डको १८ नं. ले सगोको सम्पत्ति मान्नु पर्ने भनी मिति ०४३।९।१८।६ मा सिद्धान्त समेत प्रतिपादीत भई रहेको देखिंदा पुनरावेदक प्रतिवादीहरुले वण्डा गर्नु नपर्ने भनी जिकिर लिएको विवदीत सम्पत्ति मानो छुट्टीई भिन्न हुनु अघि यि वादी प्रतिवादी एका सगोमा रहे बसेको अवस्थामा प्राप्त गरेको देखिंदा निजी आर्जनको भई वण्डा नलाग्ने भन्ने पुनरावेदन कथन सँग सहमत हुन नसकिने । (प्र. नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6618
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2055/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केदार नाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6618
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्