नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6613 · वि.सं. २०५५
नि.नं. 6613 — पारित वण्डापत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खतिउपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखि खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन, लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि वादी प्रतिवादी बीच २०४३ सालमा मानो छुट्टीई भिन्न भएको र २०४६।३।१ र २०४६।२।१७ मा कि. नं. १५० समेत जग्गा राजिनामाबाट प्राप्त गरेको देखिंदा विवादीत जग्गाहरु अंशवण्डा लाग्ने हुन्छ भन्न मिल्ने नदेखिंदा, मिति २०४६।३।१२ को पारित वण्डापत्र लिखत वदर नहुने ठहर्याएको पु. वे. अ. जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र. नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6613 |
|---|---|
| मुद्दाको विषय | पारित वण्डापत्र वदर । |
| निर्णय वर्ष / मिति | 2055/02/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6613 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
