नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6612 · वि.सं. २०५५
नि.नं. 6612 — उत्प्रेषण, प्रतिषेध लगायत जो चाहीने आज्ञा आदेश वा पूर्जि जारी गरि पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सर्वसाधारण जनताको हितकोलागि स्थापित संस्थाको लागि जग्गा प्राप्त गराई दिने कार्य पनि सर्वसाधारणकै हितका लागि हुने भएकोले भक्तपुर नगरपालिकाको घर कम्पाउण्डमा पर्ने देखिएको निवेदकको कि. नं. २१, २२ को घर जग्गा, जग्गा प्राप्ती ऐन, २०३४ को दफा ४ बमोजिम श्री ५ को सरकारले भक्तपुर नगरपालिकालाई अधिग्रहण गरी प्राप्त गराई दिने कार्य संविधान र कानूनको व्यवस्था विपरीत भएको भन्न सकिने अवस्था देखिएन । भक्तपुर नगरपालिका र श्री ५ को सरकारको निर्णयले निवेदकको जग्गा अधिग्रहण गरी गराई भक्तपुर नगरपालिकालाई प्राप्त गराई दिने कानून सम्मत कायबाट कानून विपरीत निवेदकको हकमा आघात पुर्याएको भन्न नमिल्ने । (प्र. नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6612 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, प्रतिषेध लगायत जो चाहीने आज्ञा आदेश वा पूर्जि जारी गरि पाउँ । |
| निर्णय वर्ष / मिति | 2054/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चद्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6612 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
