नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6609 · वि.सं. २०५५
नि.नं. 6609 — ज्यान मार्ने उद्योग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गर्धन जस्तो संवेदनशील अंगमा खुकुरी प्रहार गरी काटेकोले प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १५ नं. बमोजिमको सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएकोमा प्रतिवादीले अदालत समेतमा बयान गर्दा आफूले मार्ने नै नियतले खुकुरी प्रहार गरेको होइन भनी इन्कारी गरेकोले स्वयं जाहेरवालाले पनि वकपत्र गर्दा मार्ने नै उद्देश्यले खुकरी प्रकार गरेको हो भनी निश्चित रुपमा भन्न नसकेको । वारदातको रुपबाट प्रतिवादीले पिडितलाई मार्न नै चाहेको भए पुनः प्रहार गरी मार्न लाई कुनै वाधा अवरोध उत्पन्न नभएको साथै सर्जमिनका मानिसहरुले अदालतमा आई वकपत्र गर्दा ज्यान मार्ने उद्देश्य प्रतिवादी नभएको भनी गरेको वकपत्र समेतबाट ज्यान मार्ने नियतले मर्ने सम्मको कार्य गरि सकेको भन्ने प्रमाण पुग्न नआउने । (प्र. नं. १५) पुनरावेदक वादी दर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6609 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग । |
| निर्णय वर्ष / मिति | 2054/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र बहादु न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6609 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
