नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6608 · वि.सं. २०५५

नि.नं. 6608 — अदालतको अवहेलनामा कार्यवाही गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अवहेलनामा कारवाही चलाउने अधिकार प्रदान गर्ने उद्देश्य अदालत वा न्यायाधीशलाई निरंकुश बनाउनु होइन । यथोचित मर्यादा र सम्मान राख्दै अदालतद्वारा गरिएको कानूनी व्याख्यामा शिष्ट र संयमपूर्ण तरिकाले सहमति प्रकट गरी आफ्नो कानूनी राय व्यक्त गर्ने वा पर्याप्त र उचित कारण देखाएर अदालतबाट भएको वा हुन लागेको काम कारवाहीमा आपत्ति प्रकट गर्न नसकिने हो वा कानूनी वा प्राकृतिक न्यायका सिद्धान्तको विपरीत कुनै न्यायाधीशले आफ्नो हक हित विपरीत गर्न लागेको वा कानूनको व्याख्या सम्बन्धी प्रश्नमा अदालतबाट भएको निर्णय वा फैसलाम अर्को कुनै कानूनी राय प्रकाट गर्न नसकिने हो भने अदालत वा न्यायाधीशको काम कारवाही र अधिकार निरंकुश हुन जान्छ र त्यसबाट न्यायको उद्देश्य विफल हुन जाने सम्भावना रहने । (प्र. नं. ११) § अवहेलनाजन्य कार्य भएको छ छैन भन्ने हेर्ने कडी अदालतको आज्ञा आदेश वा फैसलाको अवज्ञा वा निरादर वा जनसाधारणमा अदालतबाट हुने न्याय प्रशासनको कार्य प्रति अविश्वास वा अनास्था हुने समेतका कार्य गरिएका वा भएका छन्, छैनन् भन्ने कुराको पुष्टि भएको हुनु पर्ने देखिन्छ साथ साथै न्याय माग गर्न पाउने जनसमुदायको अधिकार र न्याय प्रदान गर्ने वा न्याय सम्पादन गर्ने कार्यमा वाधा विरोध उत्पन्न हुन भएको छ छैन भन्ने कुरा पनि त्यतिकै सान्दर्भिक देखिन आउछ । अदालतको आदेश वा निर्णयको प्रतिकूल हुने गरि गरिएको कार्य वाहेक कानूनले दिएको अधिकार बमोजिम कुनै कार्य भएको रहेछ भने त्यस्तो कार्यबाट अवहेलना हुन गएको वा न्यायिक कार्यमा हस्तक्षेप हुन गएको भन्ने अर्थ गर्नु पनि न्यायसंगत हुन नसक्ने । (प्र. नं. १२) § सामान्य रुपमा अदालतमा विचाराधीन भईरहेको विषयवस्तुमा अदालतको निर्णय नपर्खी आफैले निर्णय गर्नु राम्रो परम्पराको रुप लिन सकिदैन । अदालतको निर्णय पर्खनु पर्ने नैतिक जिम्मेवारी श्री ५ को सरकारको छैन भन्न मिल्ने अवस्था देखिदैन । मिति २०५४।८।२६ को निर्णय प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिबाट मात्र नभई मन्त्रीपरिषदको बैठकबाट निर्णय भएको भन्ने देखिन्छ । मन्त्रीपरिषदबाट भएको निर्णयको लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई तथा गृह सचिव र अच्युतकृष्ण खरेललाई विपक्षी बनाई प्रस्तुत निवेदन पर्न आएको पाइन्छ । साथै अदालतबाट भएका कुनै आदेश वा आज्ञालाई विपक्षीहरुले अटेर गरी नमानी अदालतप्रति रहेको जनआस्थामा खलल पुर्‍याउने अदालतको कारवाही प्रति अनास्था फैलाउने आदि कार्य भएको गरेको समेत देखिन आउंदैन । श्री ५ को सरकारबाट भएको निर्णयको लागि अवहेलना गरेको भनी श्री ५ को सरकारलाई विपक्षी बनाई अच्युतकृष्ण खरेल समेतलाई विपक्षी बनाई परेको प्रस्तुत निवेदनमा निवेदकहरुले अदालतको मर्यादा कायम राख्न निवेदन गरेका हुन भनी अर्थ गर्न मिल्ने अवस्था नदेखिने । (प्र. नं. १३) § अवहेलनाको प्रकृतिबाट कुनै निणर्य बदर गराउन सकिने होइन । अदालतको निर्णय वा आदेश बमोजम कारवाही भएको छ छैन सो नभएको भए गराउन सम्म सकिने हो कुनै निकायबाट भए गरेका काम कारवाही त्रुटीपूर्ण भए सो बदर गराउन वा प्रचल गराउनको लागि रीतपूर्वकको उपचारको मार्ग अवलम्बन गरी आउनु पर्ने हुन्छ उपर्युक्त उपचारको मार्ग छोडी आएको अवस्थामा हक प्रचलन समेत हुन सक्ने अवस्था नरहने । (प्र. नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6608
मुद्दाको विषयअदालतको अवहेलनामा कार्यवाही गरी पाउँ ।
निर्णय वर्ष / मिति2055/03/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6608
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्