नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6606 · वि.सं. २०५५

नि.नं. 6606 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले यस अदालतबाट एकपटक मुद्दा दोहोर्‍याई हेरी निर्णय निर्णय गरिसकेको अवस्था भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १२ को व्यवस्था बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्न नमिल्ने भन्ने जिकिर लिएको पाइएकोले सो तर्फ हेर्दा यस अदालतबाट फैशला भएको मितिले २ वर्ष भित्र निवेदन परेको रहेछ भन्ने इन्साफ जाँच गर्नु पर्ने भए दोहोराई हेरिदिनु भन्ने भई आएको हुकुम प्रमांगीको व्यहोराबाट देखिन आउँछ । मिति ०४६।४।३१ को फैसला उपर ०४६।१२।१२ मा अर्थात २ वर्ष भित्र विन्तिपत्र परेको देखिंदा दोहोराई हेर्न नमिल्ने भन्ने विद्वान कानून व्यवसायीको जिकिरसँग सहमत हुन नसकिने । (प्र. नं. २६) § विवादित घर जग्गा चक्र बहादुरको नाममा दर्ता भएको निजले हक छोडेको र प्रतिवादी दीर्घजंगले हक प्राप्त गरेको रीतपूर्वकको लिखतको अभावमा निज चक्र बहादुरकी श्रीमती ढाल कुमारीको मौखिक भनाइबाट यज्ञ विक्रमका दाता दिर्घजंगको विवादीत घर जग्गामा हक हुने अवस्था पनि नदेखिंने । (प्र. नं. २९) § माथि उल्लेखित भए बमोजिम १९६८ को लिखतबाट वादीका प्रबाजे नरजंग, १९८६ को वण्डापत्रबाट वादीका बाजे शमसेर जंग र ०२९ सालको वण्डा पत्रको लिखतबाट वादीको अंश भागमा परेको वादीको हक भोगको जग्गा यी प्रतिवादीहरु मिली लिनु दिनु गरेको देखिन आयो । आफ्नो हक भोगमा नरहेको अर्काको हकको अर्काको हक मेट्ने गरी कागज बनाए वा बनाउन लगाएमा समेत किर्ते कागजको ३ नं. ले जालसाजी ठहर्ने । (प्र. नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6606
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2055/01/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6606
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्