नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6603 · वि.सं. २०५५

नि.नं. 6603 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मृतकसंग प्रतिवादीको भेटघाट पश्चात मृतयुपर्यन्त सम्मको सम्पूर्ण इतिवृत खुलाउंदै मृतसंग ३ पटकसंग ढाल लगाएर र अरु पटक ढाल नलगाई करणी गरेको करणी पश्चात मृतकले म तपाइसंगै बस्छु घर जान्न भेनकिले मृतकबाट उम्कन निजले तिघ्रामा कुल्चिई छाताको खोलले घाटीमा कसी कर्तव्य गरी मारेको कुरालाई निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको सावीती बयान, मौकामा कागज गर्ने कुमारी राई, पदम बहादुर घले दर्जि, अम्बिमा प्रसाद जिमी, बासु शाक्य, मान बहादुर तामाङ्ग र एउटै प्रहरी चौकीमा काम गर्ने प्र.ह. देवराज रार्य, प्र.ज. गुमान सिंह राई तथा अर्जुन कुमार बस्नेत समेतका व्यक्तिहरुको कागजबाट समर्थित भर्य पुष्टि हुन आकोले मृतकको मृत्यु प्रतिवादी डिल्लीराम न्यौपाने कै कर्तव्यबाट हुन गउको खेअदा शुरु संखुवासभा जिल्ला अदालतले निजलार्य सर्वश्वसहति जन्मकैदको सजाय गर्ने गरेको फैसला सदर गनरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने । (प्र.नं.२४) § पुनरावेदन अदालत, विराटनगरले अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद हुने राय व्यक्त गरेतर्फ विचार गर्दा प्रतिवादी प्रहरी चौकी खराङ्गका इन्चार्ज प्रहरी हवल्दार देखिएको छ । पैहरी कर्तव्य जनताको जियधनको सुरक्षा ग र्नु हो । सत्य सेवा सरक्षणम प्रहरीको मुलमन्त्र हो । यस्तो कर्तव्य भएका जनताको जिउधनको सुरक्षा लिएका चौकी प्रमुख भएर कानून र अनुशासन कायम गर्ने पदीय जिम्मेवारी बोकेका जनताको रक्षकबाटै अर्काको पत्नि फकाई व्यभिचार गर्ने र व्यभिचार पश्चात ज्यान समेत मार्नेलाई सजाय चर्को पर्ने भयो १५ वर्ष कैदको राय व्यक्त गरेको मिलेको नदेखिने । (प्र.नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6603
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2055/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6603
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्