नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6599 · वि.सं. २०५५
नि.नं. 6599 — कित्ताकाट ट्रायल चेक
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एक पटक मालपोत कार्यालय बाँकेले यिनै पक्ष विपक्षी भएको कित्ताकाट सम्बन्धमा नालेश गर्न अदालत जानु भनी सुनाएको त्रुटीपूर्ण हुंदा वदर गरी आफैले कित्ताकाट सम्बन्धमा निर्णय गरी दिनु भनी तत्कालिन भेरी अञ्चल अदालतबाट निर्णय भएको र सो निर्णय भेरी अञ्चल अदालतबाट निर्णय भएको र सो निर्णइ उपर पुनरावेदन नपरी अन्तिम रहेको विषयमा पुनः कित्ताकाट सम्धन्धमा सुनाउनु पर्ने भनी पुनरावेदन अदालत नेपालगंजले गरेको निर्णय प्राङन्यायको सिद्धान्तको भावना र मुद्दामा भएको फैसलाको अन्तिममा सम्बन्धि सिद्धान्त अनुरुप भएको देखिएन । साथै मालपोत ऐन, २०३४ को दफा ७(३) मा क्षेत्रफल परक परेको सम्बन्धमा मालपोत कार्यालयले आवश्यक छानविन गरी सच्याउन सक्ने कानूनी व्ववस्था रहेको देखिदा मालपोत कार्यालयको क्षेत्राधिकारको विषयमा जिल्ला अदालतमा जानु भनी हक वेहकमा सुनाउनु पर्नेमा नसुनाएको भनी हक बेहकमा सुनाउन मिसिल मालपोत कार्यालय बाकेमा पठाउने गरेको पुनरावेदन अदालत नेपागंजको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6599 |
|---|---|
| मुद्दाको विषय | कित्ताकाट ट्रायल चेक |
| निर्णय वर्ष / मिति | 2054/11/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6599 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
