नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6596 · वि.सं. २०५५
नि.नं. 6596 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वाणिज्य बैंक ऐन, २०३१ मा मुद्दा गर्नु पर्ने हदम्यादको व्यवस्था नभएको र दफा ५२ मा “..... यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा पैचलित कानून बमोजिम हुने छ” भन्ने व्यवस्था भएकै, लेनदेन व्यवहार सम्बन्धमा मुलुकी ऐन लेनदेनकोम हलमा गरिएको हदम्याद नै वाणिज्य बैंक समेतलाई लाग्ने कुरामा अन्यथा भन्न सकिदैन र फिरादमा नै प्रचलित कानून बमोजिम भन्ने समेत उल्लेख गरी अ.वं.३६ नं. लाई हद म्यादको परिप्रेक्ष्यमा उल्लेख गरिएतापनि प्रचलित कानून अर्थात लेनदेनको महलमै २ नं. को हदम्याद भित्र कै प्रस्तुत फिराद देखिदा पुनरावेदन अदालत हेटौडाले शुरु जिल्ला अदालतको खारेजी फैसला वदर गरी इन्साफ गर्न पठाउने ठहराइको फैसला मनासिब ठहर्ने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6596 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2054/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6596 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
