नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6595 · वि.सं. २०५५

नि.नं. 6595 — कुत दिलाई मोही निष्काशन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मोहियानी हकको निरन्तरता पाउन मोहीले उल्लेखित ऐनको परिधि भित्र रही सो अनुरुपको कर्तव्य र दायित्व निर्वाह गरेकै हुनु पर्ने । (प्र.नं.९) § कानून बमोजिमको दायित्व पुरा नगर्ने मोहीको मोहियानी हक यथावत राखी निरन्तरता दिन मिल्ने अवस्था नदेखिदा उल्लेखित कि.नं. २५२ को जग्गाबाट यी पुनरावेदक प्रतिवादीको मोहियानी हक छुट्ने गरी मोही निष्काशन समेत हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय सप्तरीको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिदा पुनरावेदक प्रतिवादी पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6595
मुद्दाको विषयकुत दिलाई मोही निष्काशन ।
निर्णय वर्ष / मिति2054/11/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6595
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्