नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6590 · वि.सं. २०५५

नि.नं. 6590 — दर्ता वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मञ्जुरीको लिखत पनि नभए मञ्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले एकवर्ष सम्मा थाहा पाएको पैतिस दिन भत्रि उजुर गर्‍यो र निजको मञ्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराइ दिनुपर्छ भन्ने कानूनी व्यवस्था भउकोमा मिति ०४१।५।१ मा रजिष्ट्रेशन पारित भएको लिखत उपर मिति २०४४।९।२६ मा फिराद परेको देखिदा सो बमोजिम राजिष्ट्रेशन पारित भएको मितिले एकवर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र नालेश नपरेकोले समेत प्रस्तुत नालिस खारेज हुने । (प्र.नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6590
मुद्दाको विषयदर्ता वदर ।
निर्णय वर्ष / मिति2055/01/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याया
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6590
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्