नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6588 · वि.सं. २०५५

नि.नं. 6588 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन माना चामल मुद्दामा यि निवेदिका सो मुद्दाको वादी अन्नपूर्ण राणाको योनी तथा पाठेघर जचाइयोसे भनी माग गरिएको छ सो मुद्दामा प्रतिउत्तरपत्रमा नै प्रतिवादीले वादी अन्नपुर्ण राणाको भारत नैनिताल मुलुकमा आर.यस. तडागीसँग विवाह भएको र निजको एक दुही लक्ष्मी सिं तडागी नामको छोरी जन्मिएको भनी लोग्ने तथा बच्चीको नाम र बच्चा जन्मिएको जि.वि. पन्थ नैनिताल अस्पतालको रेकर्ड समेत उल्लेख गरेको देखिन आउछ । यस प्रकार जब यी निवेदिका अन्नपूर्ण राणाको खास व्यक्तिसँग विवाह भइसकेको छ भनी लोग्नेको नाम तथा बच्चाको नाम समेतको विवरण उल्लेख गरिएको छ भने अब सोही अन्नपूर्ण राणाको योनी तथा पाठेघर आदि जाच गराई यकिन गराई रहन पर्ने प्रयोजन नै के रहन सक्छ र यस्तो कुमारित्वको जाँच (Verginity Test) को आवश्इकता नै किन पर्ने भन्ने प्रश्न तत्काल सहजै उठ्छ र वब उक्त विवाह एवं सन्तान जन्माएको प्रमाण नै यथेश्ट हुन सक्छ भने सोही प्रमाणको विश्लेषण एवं मुल्याङ्कनले नै प्राथमिकता पाउन सक्ने स्पष्ट देखिन्छ । यसतो अवस्थामा गौण रुपमा देखिा आउने कुमारित्व जाच (Verginity Test) को प्रमाण बुझ्नको लागि अदालतले किन समय नष्ट गर्ने भनी त्यस तर्फ पनि सोच विचार, पुर्‍याउनु पर्ने । (प्र.नं.१४) § कुनै पनि महिलाको योनी तथा पाठेघर जाचबाट सो महिला विवाहित नै हुन भनी ठोकुवा गर्न मिल्ने पनि होइन । कुमारित्व (Verginity) कायम रहेको नदेखुनु तथा विवाहित देखिनु दुई अलग अलग अवस्था हो । कानूनी दृष्टिबाट पनि त्यही हो । कुमारित्व भंग भएको हुदैमा विवाहित नै हो भनी अनुमान गर्न सकिदैन । जब उमेर अनुसार कुनै महिलाको कुनै पुरुषसँग कतै कुनै पनि बेला यौन सम्पर्क (Sex) रहन सक्छ । हाल यो सामान्य कुरा भई सकेको छ । जब त्यसरी यौन सम्पर्क रहन सक्छ भने त्यसबाट चाहेर वा नचाहेर पनि गर्भ रही बच्चा जन्मन सक्छ । त्यो पनि स्वाभाविकै हुन्छ । यस्तो स्थितिमा उक्त कुमारित्वको परिक्षण (Verginity Test) बाट सार्थक कै परिणाम आउन सक्छ त्यो नै मुख्य विारणीय पक्ष देखिन आउछ । योनी तथा पाठेघरको परिक्षण पनि प्रमाण ऐन, २०३१ को दफा ३ ले सम्वद्ध पमाण नै हुन्छ । तर कुनै प्रमाण बुझ्दा तत्काल नैतिक मान्यतामा समेत खलल पुग्न जाने अवस्थाको छ भने त्यस्तो प्रमाण बुझ्दा तत्काल बुझिरहन श्रेयकर नहुने स्पष्ट छ । बदलिदो सामाजिक परिवेशलाई हेर्ने हो भने पनि कुमारित्व कायम राख्ने वा स्वछन्द भएर आफूले मन पराएको मानिससग यौन सम्पर्क राख्दै जाने भन्ने कुरा सम्बध्ति व्यक्तिको आफ्नो निजी आचरण (Private affair) को कुरा हो । कसैले खुलस्त भएर त्यस्तो आचरण गरि हिड्छन् भने कसैले लुकिछिपी अर्थात् गोप्य रुपमा त्यस्तो आचरण गर्दै जाने पनि हुन सक्छ । त्यस्तो यौन सम्पर्क (Sex) भएको हुदैमा महिलाको कानूनी स्थितिमा खास परिवर्तन हुन सक्दैन । कसै कसैले पहिले यौन सम्पर्क राखी त्यसबाट त्यसबाट बच्चा समेत जन्मिए पछि मात्र विधिवत रुपमा लोग्ने स्वास्नीको सम्बन्धमा जोड्न सक्छन् । अझ यस भन्दा अगाडि बढेर भन्ने हो भने पनि यौन सम्पर्क तथा अन्य यावत दृष्टिबाट लोग्ने स्वास्नी जस्तो गरी बसे हिडेडुलेको देखिने भए पनि विवाहको सुत्र नजोडी परस्पर स्वतन्त्र (Independent) भएर वर्षौ सम्म सगै बसी आउन नसक्ने अवस्था पनि देखिदैन । ब यस्तोलाई पनि अ समाजले मान्यता दिदै जान पनि स्थिति छ भने कुनै पनि केटीले आफु Girl Friend भइ कुन केटा साथी Boy friend बनाएर सबै सन्तुष्टि लिएर हिडडुल गर्न सक्छे भने त्यस्तो भउको हुदैमा कुनै एक केटी र कुनै एक केटाको विवाह नै भयो भनेर मान्न सकिदैन । त्यसमा पनि हाम्रो सामाजिक परिपाटी अनुसार अभिभावक वा आमा बाबुबाट विधिवत रुपमा विवाह गरि दिएको अवस्था छैन भने केटीले आफुखुसी कतै कसैसग यौन सम्पर्क राख्न पुगी र त्यसबाट बच्चा पैदा भयो भन्दैमा त्यो केटीले त्यो केटासँग विवाह गरेको हो भनी स्वतः भन्न मिल्ने होइन । वास्तवमा परम्परागर रुपमा वा विधि विधान केही नगरी सामान्य ढंगबाट विवाह भएको वा कानन बमोजिम दर्ता गरी विवाह भएको हो भन्ने तथ्ययुक्त आधार प्रमाण बेगर कुनै महिलाको कुनै पुरुषसँग विवाह भइसकेको हो भनी निक्र्यौल गर्न उपयुक्त सन्दलर्भमा मिल्ने देखिन आउदैन । अहिलेको समाजमा (Modern society) हरेक क्षेत्रमा आधुनिकता तिर बढी रहेको र अहिलेको यो समाजमा व्यक्तिगत स्वतन्त्रता (Personal Liberty) मा जोड दिने हुदा यस्तो प्रकारको विवाह पूर्वको यौन सम्पर्ककै आधारबाट मात्र वैवाहिक स्थिति कायम हुन सक्दैन र यस्तो भउकोले मात्र कुनै केटीको सम्बन्धमा आमा बाबुको दायित्व समाप्त नै भयो भनी मान्न मिल्ने स्थिति पनि देखि आउदैन । अर्को तर्फ विवाह नभइकन पनि यौन सम्पर्क तथा बच्चा हुन सक्ने वास्तविकता समेतलाई लिएर नै मुलुकी ऐन अंशबण्डाको ७ नं. मा कुनै खास लोग्ने नतुल्याई बसेकी स्वास्नीबाट जन्मेको सन्तानले बाबुको ठेगाना नलागेमा आमाको संपत्तिमा मात्र अंश पाउछन् भन्ने व्यवस्था भएको हुनुपर्छ र विवाह नहुदै कन्याबाट जन्मेका सन्तानको वैधता वा पितृत्वको प्रश्न उठ्न सक्ने हुन्छ । तर त्यस्तो Legitimecy of chlid को प्रश्नका सम्बन्धमा छुट्टै प्रकृया र आधार कायम हुन सक्ने हुदा यहाँ अरु विवेचना गरी रहन नपर्ने । (प्र.नं.१५) § धारा २२ को गोपनियताको हकको व्यवस्थाबाट व्यक्तिको निजी जीउ अङ्गको गोपनियतामा अतिक्रमण गनै नपाइने, गरी गोपनियतामा अतिक्रमण गर्न नपाइने, गरी गोपनियताको हकको (Right to privacy) स्पष्ट व्यवस्था भएबाट अदालतकै आदेश भए पनि यदि शरीरको त्यस्तो गोप्य अङ्ग निजको मन्जुरी बेगर जाच गर्न लगाइन्छ भने त्यसबाट व्यक्तिको सो गोपनियताको हकबाट निजलाई बञ्चित गर्नु सरह नै हुने स्पष्ट देखिन आउछ । सो व्यक्तिका लागि अदालतले जाच गराउनु र अरु कसैबाट अतिक्रमण गर्नुमा सहि मानेमा कुनै कुनै खास अन्तर हुन पनि सक्दैन । यसर्थ निवेदिका अन्नपूर्ण राणाको योनी तथा पाठघरको गाइनोक्लोजिष्टबाट परीक्षण गराउने भनी भएको आदेश नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २२ द्वारा प्रदत्त गोपनीयताको अनतिक्रम्यको हकको उपेक्षा गरे सरह भई सो को विपरित हुन जाने । (प्र.नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6588
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2055/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6588
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्