नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6586 · वि.सं. २०५५
नि.नं. 6586 — संविधानको धारा ८८(२) बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदकहरुको साथबाट फेला परेको सवुद पर्चा पम्पलेट समेत पेश हुन गर्न सकेको नदेखिएको स्थितिमा निवेदकहरुलाई नजरबन्दमा राख्ने प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०५४।१२।२५ को आदेशलाई समर्थन गर्ने उचित र पर्याप्त आधार नदेखिदा निवेदकहरु कृष्ण प्रसाद पाण्डे, बेल बहादुर थापा, महेन्द्र धिताललाई अन्य मुद्दाबाट थुनामा राख्न नपर्ने भए निज निवेदकहरुलाई थुनाबाट मुक्तगरी दिनु भनी बन्दी प्रत्यक्षिकरणको आदेश जारी हुने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6586 |
|---|---|
| मुद्दाको विषय | संविधानको धारा ८८(२) बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2055/02/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6586 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
