नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6585 · वि.सं. २०५५

नि.नं. 6585 — अंश माना चामल ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान्यतया गर्भ रहेको ९ महिना पश्चात् बच्चाको जायजम्न हुन्छ । प्रस्तुत मुद्दामा वादीले छोरी जन्मी सकेपछि दावी लिएको ९,१० महिना अगाडिको प्रतिवादीसँग यौन सम्बन्ध रहेको कुराको एकिन मिति खुलाउन नसकेको कुरा अश्वभाविक नहुने तथा यसर एकि मित खुलाउन नसकेता पनि २०३२ साल भाद्र महिना सम्म उल्लेख गरेको र प्रसुती गृहको रिपोर्टबाट पनि वादीको २०३२ साल भाद्र महिना देखि महिनावारी रोकिएको भन्ने रहेको छ । यस्तो अवस्थामा करणी भई गर्भ रहेको एकनि मिति वादीले खुलाउन नसकेकै कुराले मात्र प्रतिवादीको जिकिर पुष्टि हुने अवस्था पनि नदेखिने । § यी वादी प्रतिवादी दुवैलाई प्रतिवादी बनाई वादी श्री ५ को सरकारले मुद्दाको तहकिकात गरी का.जि.अ.मा. वहु विवाह मुद्दा दायर गरेको कुरमामा मुख मिलेकै देखिन्छ । सो मुद्दा हदम्याद नाघी दायर भएको कारण जनाई का.जि.अ. बाट तामेलीमा राखेको देखिन्छ । यसरी हदम्याद नाघेको कार्य विधिगत कारणबाट सो वहु विवाह मुद्दा तामेलीमा राखिएको कुराले वादी प्रतिवादीलाई उक्त मुद्दामा सजाय हुने वा नहुने भन्ने विषयसँग मात्र सरोकार राख्ने हुदा सो मुद्दा तामेलीमा रहेबाट वादी प्रतिवादी विचको सम्बन्ध नै स्थापित हुन नसक्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6585
मुद्दाको विषयअंश माना चामल ।
निर्णय वर्ष / मिति2055/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6585
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्