नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6583 · वि.सं. २०५५
नि.नं. 6583 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले प्रतिउत्तर नै नफिराई म्यादै गुजारी बसेकोमा वादीले मुद्दाको तथ्य सम्बन्धमा लिएको दावामा अदालत स्वयंले प्रश्न उठाउन मनासिव माफिकको कारण वा अवस्था हुनुपर्नेमा वर्तमान मुद्दामा वादीहरुले दावी लिएको नाता मानो छुट्टिएको मिति र अंश नभएको भनने तथ्यमा वादीले प्रमाण नपुर्याएको भनी प्रतिवादीले विवाद नै नउठाएको कुरालाई समाती शुरु र पुनरावेदन अदालतबाट निर्णय भएको देखिन्छ । आफ्नो आमा सहोदर भाई जस्ता नाताका व्यक्ति स्वभाविक रुपमा अंशियार मान्नुपर्ने भएको र पछि यस अदालतबाट निज प्रतिवादी गुदर रायलाई झिकाई अ.वं. १३३ नं. बमोजिम कागज गराउँदा समेत सो नाता सम्बन्धलाई स्वीकार गरेकोले अंशियार भन्ने प्रमाणित हुन आएको समेत देखिन्छ । यस्तो स्थितिमा ति अंशियारहरुले अंश पाएको छैन भन्ने प्रमाण वादीले होइन बरु छुट्टिसकेको हुन् भन्ने कुराकाु प्रमाणको भार प्रतिवादीले नै पुर्याउनुपर्छ र सो व्यवहार वा प्रमाण दिन नसकेमा वादीको पक्षमा न्यायिक अनुमान र निष्कर्ष बन्ने प्रमाण सम्बन्धि न्यायिक प्रकृया र परिणति हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6583 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2055/02/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6583 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
