नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6581 · वि.सं. २०५५
नि.नं. 6581 — अपुताली हक कायम जग्गा खिचोला चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अपुतालीको महलको ८ नं. मा हकवाला वा छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउने कानूनी व्यवस्था देखिन्छ । पुनरावेदक वादी मने भुतहिको भतिजा नाताको हकवाला भएको कुरामा विवाद देखिदैन । हकवाला भतिजा हुदा हुदै छोरी पट्टीको नाती प्रतिवादी उपेन्द्र राय यादवको मर्ने भुतहिको सम्पत्तिमा अपुतली हक स्थापित हनसक्ने नेदेखिदा अपुतालीको ३ नं. बमोजिम भुतहीको छोरी ज्वाइले अपुताली पाउने ठहर्याई शुरु इन्साफ उल्टि गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ नमिलेकोले उल्टी हुने । (प्र.नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6581 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम जग्गा खिचोला चलन । |
| निर्णय वर्ष / मिति | 2054/12/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6581 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
