नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6576 · वि.सं. २०५५
नि.नं. 6576 — जग्गा हटक खिचोला चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले दिएको फिराद पत्रको प्रकरण १ को (ग) मा वादीको ०४७।२।१।३ मा मात्र शुरु रुपन्देही जिल्ला अदालतमा फिरादपत्र परेको देखिन्छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गरी हेर्दा मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. मा जग्गाका कुरामा थाहा पाएको मितिले ६ महिना भित्रै नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा समेत ०४६।१।६ को वारदातको सम्बन्धमा सो मितिले ६ महिना भित्र नालेश दिनुपर्नेमा नदिई ०४७।२।१।३ मा मात्र यी वादीले प्रतिवादीहरु उपर नालेश पर्न आएको देखिएबाट सो हदम्याद नाघी पर्न आएको मुद्दा खारेज हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।७।२१।३ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6576 |
|---|---|
| मुद्दाको विषय | जग्गा हटक खिचोला चलन |
| निर्णय वर्ष / मिति | 2055/06/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6576 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
