नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6573 · वि.सं. २०५५

नि.नं. 6573 — हक कायम निर्णय दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीका पिता मदन लालले माथिल्लो तलाको जम्मे कोठाहरु र प्र. ठाकुर प्रसादले भूईतल्लाको जन्मै कोठाहरुको हक प्राप्त गर्ने गरी २०२०।३।२८ मा बण्डा पत्र भएको र हक प्राप्त गर्नेले भोग गर्न भोग कायम राख्न समेत पाउने भई फलस्वरुप विग्रदा भत्कदा मर्मत निर्माण गर्न पाउने भए पनि ०–०–१८ धुर पुरै जग्गामा घर अवस्थित रहेको र बण्डा पत्रमा ०–०–६ धुरका दरले जग्गा उल्लेख गरेकोमा कुन तर्फबाट कसको हक पुग्ने हो सो बण्डापत्रमा उल्लेख नगरिएकोले बादी तर्फबाट सो बण्डा पत्रबाट हक प्राप्त गरेको ०–०–६ धुर जग्गामा सवै अंशियारको मन्जुरीले वाहेक तत्काल छुट्याई लिन पाउने अवस्था देखिँदैन । तर बण्डापत्रबाट हक प्राप्त गरेको तला र जग्गाको दर्ता नामसारी गराउन नपाउने भन्न पनि मिल्दैन । वादीको हकको श्रोत उक्र २०२०।३।२८ को बण्डापत्र हुँदा सो मा उल्लेख भएको वादी तर्फको भागको घर जग्गाको सम्बन्धमा सोही २०२०।३।२८ को बण्डा पत्रमा उल्लेख भएको व्यहोरा जनाई वादीले दर्ता गराउन पाउने भनी निर्णय गर्नुपर्नेमा अन्यथा हुने गरी निर्णय गरेको देखिँदा सो हदसम्म विरगन्ज नापी कार्यालयको मिति २०४७।४।३ को निर्णय बदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6573
मुद्दाको विषयहक कायम निर्णय दर्ता बदर
निर्णय वर्ष / मिति2054/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6573
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्